Saturday, November 12, 2011

कविता : मलाई बम हान्नु छ ।

धेरै गाह्रो भयो
सकिन अब
कुनै उपाय छैन
हर सम्भव प्रयासहरू
नियालेर हेरेँ
कुनै त्यान्द्रो बाँकी छैन आशाको
जति गरेँ
सबै निस्प्रभावी रह्यो यथार्थमा,
क्षणिक सुखमा डुबेका छन् मान्छेहरू
मलाई लामो जिन्दगी चलाउनु छ,
मलाई सुख चाहिएको छैन
मलाई एक मुठ्ठी सास फेर्न पाए पुग्छ,
मलाई घामको न्यानो चाहिएको छैन
मलाई अन्धकार नै ठीक छ,
सोच्छु,
उज्यालो नै नभएको दिन र रात
कस्तो हुन्थ्यो होला,
मेरा सबै काम त्यतिखेरै हुन्थ्यो
म हर्षले गदगद हुन्थेँ होला,सायद !!
मेरा परिवार खुशी हुन्थे
मलाई कसैले देख्दैनथे रातमा,
मैले लेखेका गीत
मैले कोरेका गजल

मेरा कविताहरूले मलाई नै
सन्तुष्टी दिएको छैन,
मैले सरल उपाय खोजेकै हो
तर खै त !!
मैले खोजेका शब्दहरू शब्दकोषमा ??!!
हो मलाई बम हान्नु छ,
पत्थरको बीचमा
लुकेर बसेको हिरा झैँ
नयाँ शब्द खोज्नको लागि
मलाई
शब्दकोषमा बम हान्नु छ ।


२०६७-१२-२२,१६:५४ बजे

गजल - ९४

तिम्रा लागि जति थियो, गर्नु पर्ने गरेँ आज
तिमी पनि मिल्थ्यौ भन्ने, ठुलै भर परेँ आज,

हिजोका ती तिता मिठा, व्यवहार बिर्साएर
सबै जना मिल्नै पर्छ, भन्ने भाव छरेँ आज,

कति पीडा भयौ भन्छौ, यतिसम्म आईपुग्दा
त्यै पीडाको यात्रा तिम्रो, थोरै मैले तरेँ आज,

चुपचाप बसेकै थेँ,भेटघाट्को माहौलमा
आफ्नै मुल्य घटाएर,पल्लो डिलमा सरेँ आज,

अन्तै थिएँ, शान्तै थिएँ, तिमी भन्थ्यौ सुनी देऊ
एकताको भावनामा बहकेर झरेँ आज,

सिध्दान्त त एउटै'थ्यो भावना'थ्यो भिन्नताको
नमिलेर फुट्दा तिमी, बाँच्दा बाँच्दै मरेँ आज ।।

(आजको कर्मचारी सँघको महा-अधिवेशनमा एउटै सिध्दान्तका साथीहरू अलग अलग भएको परिस्थितीमा एकताको भावनामा सँलग्न गराउन नसक्दा मनलाई चित्त बुझाउन लेखिएको गजल ।)
२०६७-१२-२०,१९:३५ बजे

गजल - ८९

बाँच्या थिएँ हाँसो खुशी, तिम्रो घरमा थुन्न आमा
आजदेखि जे भए नि, तिमीलाई छुन्न आमा,

माईलो त घरैभरि नयनैकै नानी भयो
मेरो भाग सबै लुटी, मोटा'छ त्यो टुन्न आमा,

जेठो छोरो तिम्रा लागि, दु:ख दे'नि प्यारो भयो
कान्छो छोरो म-यो भन, तिम्रो लागि हुन्न आमा,

तिम्रो मुटु कस्तो रै'छ,आमा भन्छौ बोल्दिनौ क्यै
झुठो कुरो साँचो भनी, आउँदैन बुन्न आमा,

सानै हुँदा मेरा बाबा, स्वर्ग लोक पुग्नु भयो
आईदेऊ मनभित्रको मेरो पीडा सुन्न आमा

आफ्ना भन्ने आफ्नै लागि शत्रु रै'छ सँसारमा
यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा ।।

२०६७-१२-१९,०२:३३ बजे

गजल - ९३

आफुलाई तिम्रो सामु झुकाएर रुन्न आमा
मर्छु बरू, दैलो अघि ढुकाएर रुन्न आमा

ध्यौता सम्झी दिनहुँ नै पुजा गरेँ तिमीलाई
ढुङ्गा रै'छौ, अब जिउ सुकाएर रुन्न आमा,

दुनियाँले देख्दा पनि सौतेलोकै हाल थियो
गाँठी कुरो समाजमा,लुकाएर रुन्न आमा

आफ्नो भन्ने आफ्नै लागि शत्रु रै'छ सँसारमा
यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा

तिम्रो मुटु कस्तो रै'छ ! आमा भन्छौ बोल्दिनौ क्यै
साँचो कुरा खोल्ने मौका चुकाएर रुन्न आमा  ।।।

२०६७-१२-१९,०७:२२ बजे

गजल - ९२

गाउँ घर कुना काप्चा लुक्न हुन्न अब नारी
अरुसँग भाग्य माग्दै ढुक्न हुन्न अब नारी,


नेता यहाँ कती कती जोहो गर्ने कोही छैन
नेत्री बनी अघी बढ्न चुक्नु हुन्न अब नारी,


धैर्यताकी खानी तिमी सुन्दरताकी रानी तिमी
खोक्रो धाक देखाएर भुक्न हुन्न अब नारी,


आमादेखी बुहारीको नारी रुप अनेकछन्
ममता नै लुकाएर सुक्न हुन्न अब नारी,


महिला र पुरुषको भेदभाव हटाउन
पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी


२०६८-०१-०१,१९:४५ बजे    

गजल - ९१

http://nepaliheadlines.net/news/%E0%A4%AE%E0%A4%A8%E0%A5%8B%E0%A4%B0%E0%A4%9E%E0%A5%8D%E0%A4%9C%E0%A4%A8/3820-2011-04-01-10-33-38.html

(मलाई यो लिंकले सतायो र गजल लेखेँ )

नछुटिनु थियो साथ छुट्यो त के भयो ?!
टाँसिएको जिन्दगी यो टुट्यो त के भयो ?!

गुनासो त कैल्यै थ्यो'र ! तिमीसँग प्रिय !
दैवले नि रिसै गरी कुट्यो त के भयो  ?!

व्यस्तताले बास मागी शँका जन्मायो कि ! 
त्यही शँका लङ्का बाल्न जुट्यो त के भयो ?!

तिम्रो नामको रातो चुरा हातै भरि थियो
तिम्ले छोड्यौ सबै चुरा फुट्यो त के भयो ?!

झरी बर्षा असिनाले चुट्यो त के भयो ?!
भाग्य फेरि निदाएरै लुट्यो त के भयो ?!

२०६७-१२-१९,०१:१० बजे

गजल - ९०

जानी जानी हो नजानी  कहाँ पाईला चाल्यौ तिम्ले
जानी जानी हो नजानी जिन्दगी नै टाल्यौ तिम्ले

चमचम चम्किया'थ्यो चन्द्रमा झै तिम्रो जीवन
जानी जानी हो नजानी अँध्यारोमै फाल्यौ तिम्ले

जस्ती थियौ राम्री थियौ फेर्नु के नै थियो तिम्लाई
जानी जानी हो नजानी बारम्बार गाल्यौ तिम्ले

हाँगाभरि फूल थियो सौन्दर्यथ्यो बगैँचाको
जानी जानी हो नजानी सिङ्गो बोटै ढाल्यौ तिम्ले

जति थियो पुरै थियो, कमी थ्यो त मनको ईच्छ्या
जानी जानी हो नजानी पापी ईच्छ्या पाल्यौ तिम्ले ।

२०६७-१२-१५,०९:५५ बजे ।।

गीत - २६ : आउँछौ कि त डाँडै काटेर

आउँछौ कि त डाँडा काटेर
पिरतीको डोरी बाटेर

सानी छोरी बाबा भन्दै सधैँ रुने गर्छे
गहभरी आँसु बोकी आँखा धुने गर्छे
छोरा पनि स्कूलमा पढ्न पाईन भन्छ
बाबा उता गएदेखि मिठो खाईन भन्छ

आउँछु भनी गयौ ढाँटेर
सम्झिदा मन आउँछ फाटेर

तिमी आए केही दिन रिसाउनु हुन्थ्यो
शिरको भारी तिमीमाथी बिसाउनु हुन्थ्यो
राम्रो केही लाउनेथिन तिमी पाए पुग्थ्यो
पानी मात्र पिउँथेँ बरू तिमी आए पुग्थ्यो ।।

२०६७-१२-१४,२१:४५ बजे

गजल- ८९

तिम्रो याद बल्झीएर, गाढा हुन्छ रात
जति वर बोलाउँछु, टाढा हुन्छ रात,

रोक्न खोज्छु स्पर्शलाई, जताततै चुम्छ
चुपचाप नरोके त, छाडा हुन्छ रात,

सुख हुँदा तिमी हुन्छौ, फूल जस्तै हुन्छौ
दु:ख पर्दा एक्लै पर्छु, काँढा हुन्छ रात,

हौसलामा हाँस्दा खेरी, ओरालो झैँ लाग्छ
छट्पटीले पीडा हुँदा, डाँडा हुन्छ रात,

खान पाए निद लाग्छ, सपनी नै देख्ने
नपाउँदा बजारको, भाँडा हुन्छ रात ।।


२०६७-१२-१२,००:५४ बजे

गजल - ८८

खुशी दिन नसकेसि, दु:खी किन पार्‍यौ भन
परेलीमा बाढी बग्दा, तिम्ले कै'ले तार्‍यौ भन

झुठो भन्ने शँका'थ्यो कि ! लाग्दैन'थ्यो मायाँ गर्ने ?
मैले माया गर्छु भन्दा, तिम्ले किन टार्‍यौ भन,

गोडमेल गरिकन, मायाँ टिप्न जान्ने तिमी
यो डालीको थुँगा टिपी, कुन् डालीमा सार्‍यौ भन

मायालु त लाखौ हुन्छ, मायाँ हुन्छ एउटा नै
मैँ एउटा तिम्रो तर मायाँ किन मार्‍यौ भन्,

खेल सिक्नु तिमीसँग, खेलाडि हौ जिन्दगीको
तिम्ले बाजी जितेकै हौ ,तर किन हार्‍यौ भन ।

(घायलको तरही मुसयरामा समावेश गजल)

गीत : २३ ) घर जल्यो

(झापाको भुटानी शरणार्थी शिविरमा चलेको आगलागीलाई सम्झिदा)

खडेरीको हुरी पनि के गरेर चल्यो चल्यो
पोहोर आधा जल्या घर यस्पाली त पुरै जल्यो

घर फर्की जाउँ भने बाटो रोकी दिन्छन् यहाँ
यतै बसी बाँच्ने आशा ईश्वरैले छिन्छन् यहाँ
दु:ख माथी दु:खै थप्न जुटी दे न के भयो र !
सास मात्र राखी बाँकी लुटी दे न के भयो र !

म त यसै सुकुम्बासी बाँच्नलाई मागुँला म
मिर्मिरेमै सुख्खा रोटी खानलाई जागुँला म
भगवान हो भन्छस् नि तँ सबै देख्न सक्छस्
तँलाई नै दु:ख परे कसलाई गई पोख्छस् ।।

२०६७-१२-११,०९:३० बजे

गजल - ८७

तिम्रो घरको आगनीमा बास माग्न आएँ
अलिकति तिम्ले फेर्ने सास माग्न आएँ ,

बाँचे पनि जिन्दगी यो मरे तुल्य भयो
तिम्ले बाँच्न लुकाएको आश माग्न आएँ,

घरै आई माग्दा तिमी डरायौ कि कतै
थोरै दिए पुग्थ्यो,कहाँ राश माग्न आएँ ?

कतै सुन्छु बिछोड नि जिन्दगी मै पर्छ
जिन्दगीको अर्थ के हो खास माग्न आएँ

छुटाएर जलाउन पाए पनि हुन्थ्यो
बन्दकीमा लुकाएको लाश माग्न आएँ ।।

(पहिलो सँगीत भरिएको गजल )
२०६७-१२-११,०१:३० बजे

गजल - ८६

कान्छा दाइ गाउँ छाडि आउनु भयो रे !
हराएको नेतालाई पाउनु भयो रे !

नेता जी नि दंग पर्दै भेटी कान्छालाई
भोट हाल्दा ला'को गुन गाउनु भयो रे !

चिया नास्ता गरौ भन्दै कान्छा दाइलाई
उल्टै पैसा तिरिदिन लाउनु भयो रे !

सापटै भो कान्छा दाइ लौ न आजलाई
भन्दै नेता सभा घर धाउनु भयो रे !

के के न पो गर्छु भनी आ'को कान्छा दाइ
नेता देख्दा आफ्नै मुख बाउनु भयो रे !!

२०६७-१२-१०,०२:१० बजे

गजल ‍- ८५

आज भोली हल्लाहरू निराधार सुन्दैछु म
पुरुषले पाउनु पर्ने अधिकार सुन्दैछु म,

महिलाको हक हित गर्ने धेरै सँस्था भो रे
लोग्ने माथी भै रहेको तिरस्कार सुन्दैछु म,

कै'ले माथी प-यो भनी कै'ले घरै छोड्यो भनी
लोग्ने मान्छे हेपिएको लगातार सुन्दैछु म,

कै'ले अँश चाहियो र ! कतै आधै चाहियो रे !
माग पनि आजभोली निराकार सुन्दैछु म,

मायाँ गर्ने दाजुभाइ छुटाएको सुन्दैछु म
पतिमाथी लगाएको उपकार सुन्दैछु म ।।

२०६७-१२-०९,०८:२८ बजे

गजल - ८४

मैले हार्दा,तिम्ले ताली ठोकी रह्यौ किन ?
मैले जित्दा,तिम्ले खाली,खोकी रह्यौ किन ?

सजाएर मुटुभित्र तिमीलाई रोज्दा
दिन रातै,दिलै गाली,टोकी रह्यौ किन ?

छाती जल्यो,चिरा प-यो मुटु भन्थ्यौ तिमी
त्यै छातीमा, भर्दै नाली, धोकी रह्यौ किन ?

आफ्नालाई हेला गर्दै रिसाउने गर्थ्यौ
फूल छाडी,फूलको डाली, बोकी रह्यौ किन ??

छुटाएर जिन्दगीको नाता तोड्न खोज्दा
बाटै छेकी,रुखै ढाली,रोकी रह्यौ किन ?

२०६७-१२-०८,११:५० बजे

गजल-८३

तिम्रो आँखा मेरो दिलमा टाँसे भन्थ्यौ तिमी
लुकी लुकी चोखो मायाँ गाँसे भन्थ्यौ तिमी,

भेटुँ भनी मिर्मिरेमा तिम्रो घर पुग्दा
कुखुरो झैँ अँध्यारोमा बासेँ भन्थ्यौ तिमी,

दिन दिनै भेट्नलाई गाह्रो हुने हुँदा
फोटो हेर्दै आँखा चिम्ली हाँसे भन्थ्यौ तिमी,

मेरो भन्दा तिम्रो माया धेरै भन्थ्यौ सधैँ
नपुग्ला कि !! भन्दै मुटु तासेँ भन्थ्यौ तिमी,

भोकाउँदा रसाउँदा तिम्रो साथ खोज्दै
पोहर नै मेरो मायाँ मासेँ भन्थ्यौ तिमी ।।

२०६७-१२-०८,०९:१२ बजे

गजल - ८१

आफुलाई परेपछि थाहा हुँदो रै'छ
अरुलाई पर्दा मान्छे कहाँ रुँदो रै'छ ,

अरुलाई छुरा जस्तै हानि र'ने मान्छे
आफन्तले हाने मात्र, मुटु छुँदो रै'छ,

छिमेकी नै को हो के हो गरी हिड्ने मान्छे
नचिने नि, दु:ख परे साह्रै लुँदो रै'छ,

जिन्दगी त बाचुञ्जेल सबैसँग हाँसे
कष्टकर नभएर, साह्रै खुदो रै'छ,

के गरेर बाँच्ने ? भन्ने प्रश्न सधैँ रहे
खुशी खोज्दै बाँच्नुपर्ने, यौटै बुँदो रै'छ ।।

२०६७-१२-०६,२०:०५ बजे

गजल - ८०

बर्ष दिनमा फर्किएको होली हेर्न मन लाग्यो
भिजाएर तिम्रो जिउको चोली हेर्न मन लाग्यो,

रिस राग सबै त्यागी रंग दली रमाएर
ईन्द्रेंणीका सातै रंग घोली हेर्न मन लाग्यो,

ताक्छु कता लाग्छ कता भुल भए माफ गर
तिम्रो लोला भरिएको झोली हेर्न मन लाग्यो,

बाजाघाजा बजाएर टोल टोल घुमी हिड्ने
फागु दल्दै रमाएको टोली हेर्न मन लाग्यो,

आजसम्म नबोलेर आँखा तर्दै हिड्थ्यौ तिमी
लोला हान्दै तिमीसँग बोली हेर्न मन लाग्यो

बेलुनमा पानी भर्दै आँखा यता झिम्काएर
मेरो दिलमा लाग्या तिम्रो गोली हेर्न मन लाग्यो,

कस्तो रै'छ कहाँ रै'छ तिम्रो जिउको बन्दुक त्यो
तिमीलाई समाएर खोली हेर्न मन लाग्यो  ।।

२०६७-१२-०५, ११:४५बजे

गीत - २२: चोखो माया

केटी : सुर्यको "किरण" जस्तै न्यानो मायाँ तिम्रो
केटा : "पुजा"को फूल जस्तो चोखो मायाँ तिम्रो

केटा :ढोका छेऊ भगवान छ खोज्दै कहाँ जाउँ
       तिमी भन्दा मायाँ गर्ने अरु कहाँ पाउँ
केटी : लाज लाग्छ तिमी मेरो छायाँ परन
        यो भन्दा नि अझ बढी मायाँ गरन

केटा :जिन्दगी भर तिमीलाई नै मन पराउँला
       भमरा झैँ घुमी घुमी नजीक आउँला
केटी : दुईटा शरिर एउटै मुटु बनाई बस न
        त्यै छातीमा तिमी मलाई अझ कस न
दुबै : सफल हुने जिन्दगीको बाटो समाउँ न
       चोखो मायाँ लगाउँदै हामी रमाउँ न ।।

२०६७:१२:२,२२:२० बजे

गजल - ७९

मनभित्र रङ्गीएछ, सप्तरंगी रङ्ग
त्यही रङ्ग हेरी हेरी, मन भा'छ दङ्ग,

मिर्मिरेमा तिमीलाई, हेरि रा'को थिएँ
आँखै अघि रङ्ग उड्दा, भैहाल्यो नि भङ्ग,

वरिपरि जता हेर्यो, रङ्गै उडी रा'थ्यो
यै होलीले दु:खी मन, भैहाल्यो नि चङ्ग,

यो फागुमा मैले गर्दा, तिमी एक्लै पर्यौ
रमाईलो गर्न होली,खेल्छौ खै को सँग ?!!

सबै खेल्ने सदभाव र, प्रेमले यो होली
"आनन्द"ले होली खेलौँ, जानी यसको ढङ्ग ।।

(फागु पूर्णिमाको सबैमा शुभकामना ) 
२०६७-१२-०४,२२:४५ बजे

गीत -२१ :ओहो चरी !

ओहो चरी किन एक्लै उडी राछौ आज
एक्लै उडी मेरै मन चुडी राछौ आज,

तिमी एक्लो म नि एक्लो बिरानो शहरमा
एक्लै हामी भा'को हैन खुशी र रहरमा
तिम्रो पनि साथी तिम्लाई छाडी कता गै छ
मेरो जस्तो दु:खी कथा तिम्रो पनि रै छ,

आऊ बरु एकापसमा साटौँ पीर व्यथा
निष्ठुरी त्यो बैगुनीलाई भेट्ने छैनौ त्यता
नदुखाऊ मन तिम्रो सम्हालेर उड
छाती ठुलो बनाएर बनाऊ नयाँ गुँड ।।
२०६७:११:२८,२२:४६ बजे
( कतारमा निवासी कार्यरत भाई श्री कृष्ण अधिकारीको अनुरोधमा लेखिएको गीत,यो गीतको बिषयमा सायद वहाँले नै केही बताउनु होला )

गजल-७७

के के तिमी देखाउँछौ खोली हेर्न मन लाग्यो
सपनी कि ! बिपनी यो !! पोली हेर्न मन लाग्यो,

जमाना यो कस्तो आयो !? गुनै गर्न नहुने भो
बैगुनीलाई गुनै गुनले मोली हेर्न मन लाग्यो,

आँसु बग्दा दु:खी हुन्छु,खुशी हुँदा बग्छ भन्छौ
त्यै आँसुमा पीडा थपी,घोली हेर्न मन लाग्यो,

दिन्छु भन्थ्यौ साथ तिमी,अर्कैसँग डुली हिड्छौ
मेरो मायाँ कुल्ची जाने,डोली हेर्न मन लाग्यो,

आफ्नो हुन नसके सी,अरुको के मायाँ भो र !
रगतले रङ्गीएको,होली हेर्न मन लाग्यो ।।

२०६७-१२-२,२२:५७ बजे ।

गजल-७६

तिमी बिना बाँची रहन, लाउने कुनै बुटी भएन
आँट गर्न गाह्रो भयो,भगाई लाने हुती भएन ।।१।।

मायाँलुको मायाँ लिने भाग्य मेरो यस्तै रै'छ
समर्पित हुनै प-यो,एकापसमा छुटी भएन ।।२।।

तिम्रो-मेरो,मेरो-तिम्रो,ठुलो मनको बगैँचामा
मेरो लागि शिर छोप्ने दुनियाँमा कुटी भएन ।।३।।

एक थुकी सुकि हो रे ! सय थुकि सागर पो
मिलिजुली बाँच्नै प-यो,नमिलेर फुटी भएन ।।४।।

निरन्तर बगीरह्यो,दिलभित्र छट्पटि यो
"आनन्द"ले रोक्छु भन्दा,रोक्ने कुनै टुटि भएन।।५।।

२०६७-११-२९,१७:३० बजे

गजल ७५

मेरो दिलको घाऊ कोर्ने, यौटा सादा कापी देऊ
कति दुख्यो, कहाँ दुख्यो, तिमी आई नापी देऊ ।।१।।

चोट दियौ सहि रहेँ, मिठो मानी खपि रहेँ
तिम्रो मनमा खुशी बर्से, सकेसम्म थापि देऊ ।।२।।

यो छातीको वेदना नि, तिम्रो लागि हाँसो भयो
मैले रुँदा च्यातिएला, तिमी हाँसी फापी देऊ ।।३।।

जिन्दगीका बहावमा, कति दु:ख तर्यौ कुन्नी !
खुशियाली जलाएर,दिल बाली तापी देऊ ।।४।।

चित्त दुख्ला यति बोल्दा,तिम्रो मन त बुझेकै छु
गल्ती मेरा केही भए,बारम्बार माफी देऊ ।।५।।

२०६७-११-२९,१६:४९ बजे

गजल-७२

के के छ त्यो छातीभित्र, फुकाउन एकफेर
चोली खोल्दा तिम्रै अघि, ढुकाउन एकफेर,

धेरै दिन देखि तिम्रो आँखालाई पढिरहेँ
मलाई नि त्यै छातीमा लुकाउन एकफेर,

आँखा खोल्दा लाज लागे चिम्लिदिए के होला र !
मेरो लागि परेली त्यो झुकाउन एकफेर,

मुटुभित्र ढुकढुकी र काउकुती बढी रहे
टाँसिएर प्यासी भेल सुकाउन एकफेर,

तिम्रो चोली कसिएको तुना दिई समाउन
चोखो मायाँ ला'को मोल चुकाउन एकफेर ।।

२०६७-११-२७,१८:३३ बजे

गजल-७१

आफ्नै स्वर नबुझिने , तोती थियौ तिमी
मुख खोल्दा हाँसै उठ्ने, थोती थियौ तिमी,

के नमिल्या के नमिल्या, तिम्रै जिउ डाल
टाढाबाट हेर्दा कानको, लोती थियौ तिमी,

हेर्दै गएँ,बानी प-यो,मन पर्दै गयो
बलत्कृतको लाज छोप्ने, धोती थियौ तिमी,

शिक्षा दिन गाउँ गाउँ, चहारेर हिड्ने
अन्धकार गाउँभरको ,ज्योती थियौ तिमी,

अरुलाई हेर्थेँ सबै सतहमै बग्थे
सागरको पीँध छुने,मोती थियौ तिमी ।।

२०६७-११-२५,१०:४५ बजे

गजल -७०

तिम्रै सामु बास बस्न, फूलै फूलको बारी दियौ
टाढा थियो मन तिम्रो, मेरै सामु सारि दियौ,

दु:ख पीडा जे जे थिए,तिम्रो अघि लुकी दिन्थे
बेदनाका भावहरु, खोलापारी तारि दियौ,

काँढा बिझ्यो,खिल पल्ट्यो,चस्स चस्स घोचिरह्यो
काँढालाई भुईँ झर्ने, विवशतामा पारि दियौ,

कति पल्ट जित्न खोजेँ,अभागी यो जित्थ्यो कहाँ
मेरो जितमा खुशी हुन,जानी जानी हारि दियौ,

सँगै बस्ने मन थियो,तिम्ले ईच्छ्या मारि दियौ
टाढै बसी मेरो चाह,हाँसी हाँसी टारि दियौ ।।

२०६७-११-२५,२१:३० बजे

गजल - ६९

जस्तो जानेँ उस्तै मानेँ, घोकिएन जिन्दगीमा
गल्ती भयो भनी जिब्रो, टोकिएन जिन्दगीमा

हलुका यो अभिभारा, बोक्नलाई गाह्रो थे'न
नपुगेर थपी थपी, बोकिएन जिन्दगीमा,

घुमाउरो जीवनका, अनगिन्ती मोडहरु
नापी हिड्दा कै'ल्यै पनि,ठोकिएन जिन्दगीमा,

मातिएर हिडेँ भने, लड्छु भन्ने थाहै थियो
बाटै बिर्सी हिड्ने गरी, धोकिएन जिन्दगीमा,

उकाली र ओरालीमा, एकैनास खुशीहरू
खोला जस्तै बगी रहे, रोकिएन जिन्दगीमा ।।

२०६७-११-२५,२०:४५ बजे

गजल - ६८

By Ananda Shrestha · Thursday, 10 March 2011
जता भन्यौ उतै मेरो, दिल भाँचीरहेँ
तिम्रै मनको ईशारामा, म त नाँचीरहेँ,

झझल्कोमा हिक्क हिक्क, बाडुलीले सोध्यो
सम्झनाको खडेरीमा ,याद साँची रहेँ

बिछोडको हुरी आई, उडाउला भन्दै
कै'ले दायाँ कै'ले बायाँ, छाती जाँची रहेँ,

प्रतिक्षाका पलहरु, ओईलाउँदै गए
तर पनि आशा राखी, म त बाँची रहे

तिम्रो खुशी अन्तै रै'छ,खबर यो आयो
मन धुन सकिएन,रुँदै हाँसी रहेँ ।

 २०६७-११-२५

गीत - १९

आकाशमा चरी उड्दा उड्यो मेरो तन
तिमीलाई सम्झी बस्दा चुँड्यो मेरो मन

झलझली याद आयो यो मनमा ऐले
मनको पिडा तिमीलाई सुनाउँ म कैले
तिमी गयौ कता कता खोजी भेटिदैन
थाहा छैन मनको चाह मेट्छ मेटिदैन,

आशाहरु निराशाको बादलले ढाक्यो
थिलथिल शरिर यो घाट्ले पनि डाक्यो
तिम्रो फोटो हेरे पछि छाती पोल्छ झनै
तिमीलाई देख्न पाए कस्तो हुन्थ्यो मनै ।।

२०६७-११-२४,१४:१५

गजल - ६७

By Ananda Shrestha · Tuesday, 08 March 2011
यौटा पत्र लेखेँ मैले, रिसाएर लेखेँ
मनका सारा दु:ख पिडा, बिसाएर लेखेँ,

गाउँ सारा भोकमरीले, डुबाएको व्यथा
त्यै पत्रमा थोरै रोष, मिसाएर लेखेँ,

जित्नु थियो चुनावमा जित्यौ, काँधै चढी
तिम्रो मेरो नाता केही, चिसाएर लेखेँ,

जन्मथलो बिर्सीएर, नफर्किने भयौ
थोरै हाँसो धेरै आँसु ,पिसाएर लेखेँ,

नालायक छोरो मेरो, सभासद भयो
गाउँलेलाई छोरो भन्ने, बिर्साएर लेखेँ ।

गजल - ६६

(समोच्चरित -उच्चारण गर्दा उस्तै उस्तै सुनिने-  शब्दहरूको गजल )
"परिमाण" नाप्ने कुनै माना भेटिएन
"परिणाम" लेख्ने कतै पाना भेटिएन,

"अनल"ले मनै खायो छाती छाम्नै पर्ने
"अनिल" त्यो थुनी राख्ने थाना भेटिएन,

"अभिहित" जिन्दगी यो चल्न चलाउन
"अबिहित" कामको तानाबाना भेटिएन,

"अभिराम" थिए सबै यौबनका लालि
"अबिराम" च्यात्दा छोप्ने नाना भेटिएन,

"आँट" गर्छु उदाउन,अस्ताएता पनि
"आँत" सुक्दा भिजाउने दाना भेटिएन,

"उपेक्षा"भो चन्द्रमुखी जन्मधार जस्ती
"अपेक्षा" नि निराकार,साना भेटिएन,

जिन्दगी यो छोप्ने कतै छाना भेटिएन
भोको पेट भर्ने कुनै खाना भेटिएन ।।


अर्थ –
परिमाण –      मात्रा
परिणाम –      नतिजा
अनल   -      आगो
अनिल -      हावा
अभिहित -      कथित
अबिहित -      अनुचित
अभिराम  -      सुन्दर
अबिराम  -      लगातार
आँट    -      साहस
आँत    -      आन्द्रा
उपेक्षा   -      तिरस्कार
अपेक्षा  -      ईच्छा
२०६७-११-२२,१३:०० बजे

गजल -६५

अन्तै मायाँ ग-या भए,हजारौँमा छाँट्यौ किन ?
छोडी जानु थियो भने,वाचा गरी ढाँट्यौ किन ?

कैयौँ दिन धाई रह्यौ,अघि पछि लागी रह्यौ
झुठो वाचा गरी गरी,दिमाग नै चाट्यौ किन ?

नित्यक्रिया तिम्रै लागि,कर्म धर्म तिम्रै लागि
जे जे गरेँ तिम्रै लागि,अन्तै बाटो काट्यौ किन ?

निस्कलंक जानु थियो,शहरमा झ्याली पिट्यौ
पारदर्शी मेरो मनमा,तिमी यसै फाट्यौ किन ?

तिमीलाई त केही छैन,जति रोज्यौ त्यति पायौ
सयौँसँग मायाँ गासी,एकै ठाउँमा बाट्यौ किन ?

मैले यौटै तिमी रोजेँ, तिमी भने भड्किरह्यौ
लिनदिन नसक्नेले,जुठो मायाँ साट्यौ किन ?

२०६७-११-२१,२३:४५

Friday, March 4, 2011

गजल - ६४


दु:ख पर्दा तिमीसँग, जँघार नि तरेकै हो
तिमीमाथि जानी जानी, मैले गल्ती गरेकै हो,

आकाशको तारा झार्ने, कसम के खाईन र !
झुठो वाचा गर्दा गर्दै, मनको खल्ती भरेकै हो,

घरभित्रै फुल थियो, काँढा खोज्दै बाहिरिएँ
जान्दै जान्दै भिर खोज्दा, ओरालोमा झरेकै हो ,

छाडी गएँ घरवार, नयाँ घर बसाउन
रातले जब जिस्क्याउँथ्यो, पर्नु पीर परेकै हो,

दुनियाँ त दर्शकै हो,रुँदा ताली बजाउँछ
तिम्रो दोष देखाउन,लाञ्छना त छरेकै हो,

भुल भयो माफ गर,तिम्रै दिलमा राख फेरि
मर्नु पर्ने खड्को थियो,ऐलेलाई टरेकै हो ।।

२०६४-११-२०,२२:४४ बजे ।


गजल - ६३


तिमीलाई हेरि र'ने, मात लाग्यो आज
हेरेकै हो, हेर्दा मात्र बात लाग्यो आज,

कस्ती रै'छौ,निर्मोही त यता नहेरेर
प्रहरीमा उजुरीको खात लाग्यो आज,

उजुरी नै दिए पछि, तिम्लाई के भनुँ
अरु फुल तर तिमी ,पात लाग्यो आज,

हेर्ने छौ र रमौने छौ, भन्ने आशा थियो
छामी हेर, दिलमा ठुलो घात लाग्यो आज,

हिजो तिमी हाँस्दा पनि, जुनै हाँसे जस्तो
तिम्रो मुख बिना जुनको, रात लाग्यो आज ।।


२०६७-११-२०,१२:३६ बजे ।।

गजल -६२


तिम्रो मेरो सम्बन्धको, दुरी कोशौँ कोश रह्यो
पग्लिएला भन्थे मायाँ, अझ बरू रोष रह्यो,

समयको झेली खेल, नचाहँदा नचाहँदै
चाहे जस्तो ठान्यौ क्यारे,म माथि नै दोष रह्यो,

खुशी तिमी त्यसै थियौ,मैले यसै बिथोलेँ कि !
तर्किएर हिड्नुपर्ने कारण के ठोश रह्यो,

चन्द्रमा नै हराए झैँ, अन्धकार जिन्दगीको
बिर्सिएको बाटो खोज्न, अझै ठिटो जोश रह्यो,

जाने कहाँ ? के गर्ने हो ?! कसलाई गुहार्ने हो ?
मिलनको तड्पाईमा न त कुनै होश रह्यो ।।

२०६७-११-१,२३:२६ बजे

Wednesday, March 2, 2011

गजल -५८


(उखान र वाक्पध्दतीको गजल)
" घोडा चढ्ने लड्छ " भन्छ,तिमीले के जान्यौ ठुली !
" मर्नु भन्दा अगाडि नै खुट्टा तान्नु" तान्यौ ठुली,

"सिङ थाप्नु" " भात लाग्नु " ,तिम्रा लागि केही हैन
चिन्नु अघि " घाँटी पर्नु ", मलाई नै छान्यौ ठुली,

चिने पछि " मायाँ लाग्नु",आफ्नो ठाममा ठिकै थियो
बारम्बार " जीउ मार्नु ",किन फेरि हान्यौ ठुली ,

नयनको काम यस्तै,राम्रो लागे हेरि हाल्छ
मेरैमाथि " बात लाग्नु ",थियो भन्दै मान्यौ ठुली,

" पेट पाला गर्नु " थियो, ऐलेसम्म धान्यौ ठुली
" गोता खानु " खाए पनि," वाचा बाँध्नु " बान्यौ ठुली ।।
उखान र वाक्पध्दतीहरूको अर्थ –
" घोडा चढ्ने लड्छ "- काम गर्दा कहिले काँही बिग्रन्छ पनि ।
" मर्नु भन्दा अगाडि नै खुट्टा तान्नु"- लत्ता छोड्नु ।
"सिङ थाप्नु" – जोरी खोज्नु ।
"भात लाग्नु "- मातिनु ।
" घाँटी पर्नु "- धेरै खाँचो हुनु ।
" मायाँ लाग्नु"-मन पराउनु ।
" जीउ मार्नु " – ज्यानलाई कष्ट दिनु ।
" बात लाग्नु "- दोष लाग्नु ।
" पेट पाला गर्नु "- जीविका चलाउनु ।
" गोता खानु " – दु:ख पाउनु ।
," वाचा बाँध्नु "- प्रतिज्ञा गर्नु ।
०६७-११-१८,१४:२५ बजे

Tuesday, March 1, 2011

गजल -५४


किन भाग्य यस्तो हुन्छ ?! जहाँ जान्छु फुट्छ त्यहीं
आफ्नो देश नफापेर,बिदेशिंदा लुट्छ त्यही,

घाम पानी क्यै नभनी,रातदिन खटी रा'थेँ
जाँ गए नि अभागीको,भाग्यलाई भुट्छ त्यहीँ,

आफ्नै घर प्यारो हुन्थ्यो,दु:ख पछि नलागे त
जहाँ जाउँ पछ्याएर,त्यसले नै कुट्छ त्यहीं,

आफ्नो कोही नदेखेर,भगवान सम्झी बस्दा
साथी भेट्छु त्यै साथीको,दलालीले चुट्छ त्यहीं,

साथै राख्न खोज्छु सधैँ,भाग्यलाई समातेर
गम् लाएर टाँसे पनि,बारम्बार छुट्छ त्यहीँ,

भाग्य खोज्छु लिबियामा,आफ्नालाई खुशी राख्न
कुना पसी लुके पनि,दु:ख पीडा जुट्छ त्यहीँ,

बाँधी राखी मनभित्र,सुखका ती पलहरू
आनन्दले ज्यु'न खोज्दा,धैर्यता नै टुट्छ त्यहीँ ।।
२०६७-११-१६,१६:५५ बजे

गजल -५३


एउटा गीत गाउनु थियो गाउन सकिन
तिम्लाई मायाँ लाउनु थियो लाउन सकिन,

सपनाबाट बिपना पाएँ पिरती सोच्दैमा
तै पनि  त्यहाँ तिम्लाई भेट्न आउन सकिन,

सोचेरै बस्यौ मलाई तिम्ले त्यो पनि थाहा छ
पाएर पनि यो मनमा तिमी छाउन सकिन,

कहिले यता कहिले उता गरेरै बेर भो
भाकल राखी मन्दिर धामी धाउन सकिन,

पाउनु थियो जसरी पनि था'छैन के गर्ने
मनले गुन्दै रोएर बसी पाउन सकिन ।।


२०६७-११-१४,२०:३४ बजे

गजल – ५२


हरपल सम्झि रहने, बानी बन्न मन लाग्यो
नुहाउँदा तिम्रो जिउको, पानी बन्न मन लाग्यो,

जहाँ जाउँ मेरो शिर,सधैँ तिम्रो काख राखुँ
तिम्रो लागि बहुमुल्य,खानी बन्न मन लाग्यो,

आँखालाई दुनियाँको,रङ्गीचङ्गी मन पर्ला
मलाई त तिम्रो दिलको,रानी बन्न मन लाग्यो,

मन पनि कस्तो होला,मायाँ सुन्न भोको हुन्छ
तिम्रो हातको स्पर्शमा,कानी बन्न मन लाग्यो,

तिमीलाई खुशी राख्न,दु:ख मैले झेल्नु पर्दा
आफुलाई रित्याएर,दानी बन्न मन लाग्यो  ।।
२०६७-११-१२,१८:४५ बजे
  (मलाई थाहा छैन,यो गजल राम्रो छ कि छैन तर यो एउटा क्षण अचम्मकै भयो । म मेरो कार्यालयको प्राविधिक कामको निरिक्षण सकेर कुपुण्डोलतर्फ जाँदै गर्दा सवारी भिड(ट्राफिक जाम)ले गर्दा सडकमै धेरै समय बिताउन गारो महशुस भैरहँदा एक्लै कार चलाई रहेकोले शुरूमा मतला मोबाईलमा रेकर्ड गराईहालेँ । १५ मिनेटको दुरीमा रहेको सडक सवारी साधनले खचाखच भरिएकोले करिब ४५ मिनेट लागेको र सो यात्रामा एक एक वटा शेर मोबाईलमा रेकर्ड गराउँदै जाँदा गन्तव्यमा पुग्दा एउटा गजल नै तयार भयो । )

गजल – ५०


गाउँदैमा गीत नबन्दो रहेछ,भाव बिलाउनु पर्ने रहेछ 
लाउँदैमा मायाँ नबस्ने रहेछ,मन मिलाउनु पर्ने रहेछ,

बिछोडमा झार्न चाहेथेँ आँसु त,बनावटी कहाँ झार्न सकेँ र !
चाहँदैमा आँसु नझर्ने रहेछ, पिल-पिलाउनु पर्ने रहेछ

तिमीसँगै जान चाहेर पुगेन, साथ लैजानले चाह नगर्दा
बहदैमा डुङ्गा नतर्दो रहेछ,प्वाल सिलाउनु पर्ने रहेछ,

झुकेरै म बोलेँ चिच्याउन चाहिन,तिम्रो कुरा सुन्न चाहँदा
निहुरेर मात्र नहुने रहेछ,शिर चिलाउनु पर्ने रहेछ,

टुक्रिएर मुटु सिसा फुटे सरि भो,छाती मकै पोलेको जस्तै
छिया छिया बनाएर पुगेन नि ! थिल-थिलाउनु पर्ने रहेछ ।

२०६७-११-११,०७:१५ बजे

गजल – ४९


किन हो आज ?! बोलेरै गयौ
वेदना व्यथा खोलेरै गयौ,

हिजोको वाचा बन्धनलाई
रिसले हो कि !पोलेरै गयौ,

चर्काई नाता बिरानो बन्दै
खुर्सानी नुन,घोलेरै गयौ,

झमक्कै पारी मुहार मेरो
अमिलो चुक मोलेरै गयौ,

मनको पिडा छामेकै थियौ
आँसुका धारा हुलेरै गयौ ।

गजल – ४८




कसो गरी हिड्यौ तिमी ?हिड्दा हिड्दै लड्यौ तिमी
देखे पनि नदेखे झैँ, सरासरै बढ्यौ तिमी,

तिम्रै पछि हिड्दै थिएँ,धेरै पछि देख्या थिएँ
फर्की हेर्यौ आँखा जुध्यो,तेर्सो सिँढी चढ्यौ तिमी,

आत्तिएर दौडी रा'थ्यौ,सँगै तिम्रो कोही थियो
नदेखेर बाटो छेउ ,भा'को ढलमा गढ्यौ तिमी,

मैले दौडी हतारमा, उठाउन आई रा'थेँ
गल्ति भा'थ्यो तिमीबाट,डराएरै डढ्यौ तिमी

शहरीया ऐश खोज्दै, मन तोडी आयौ तिमी
ढुङ्गालाई ध्यौता भन्दै डिम्बिका भै सढ्यौ तिमी ।।

२०६७-११-१०,०७:४५ बजे

गजल – ४७




मैले लेख्छु नानाथरी समाज असल मानिस भन्छन्
सिक्दा सिक्दै काफिया र शेर लेख्न जानिस् भन्छन्

चित्त दुख्छ देश रुँदा नरोई किन बस्थ्यो यो मन 
बिद्रोहमा लेख्छु केही रामबाण नै हानिस् भन्छन्

जता हेर्यो उतै देख्छु देश अस्तब्यस्त भा'को
समाधानको बाटो लेख्छु उत्तम शब्द छानिस् भन्छन्

लेख्ने फुर्सद, रहर थे'न, समयले वाध्य पर्‍यो
जसका नाममा लेखें उसले खुल्ला चौरमा तानीस् भन्छन्
 
शान्तीसँग बाँच्ने आधार मैले मागें देशसँग
तैंले माग्दा पाउने तैंले आफुलाई के ठानीस् भन्छन्

दुम्ब:मार्ग,सामाखुशी


गजल – ४६




औकातले भ्याएसम्म, मैले मायाँ गर्छु भन्थ्यौ
जस्तो सुकै भेल पनि, संगै संगै तर्छु भन्थ्यौ

एक्लै छाडी तिमी कुन, दुनियाँमा रमा'कोछौ
तिम्लाई हेर्न तिम्रै घरको, छेवै डेरा सर्छु भन्थ्यौ

अँध्यारोमा रूमल्याई ,पुग्यौ रुग्न कोठीहरु
बेशी बस्न गाह्रो भयो, गाउँतिरै झर्छु भन्थ्यौ 

आशा पनि मर्यो अब, तिमी हिड्ने बाटै बिर्सें
हाम्रो मायाँ छुट्यो भने ,आन्दोलनै गर्छु भन्थ्यौ

नपाउनेले केरा पायौ, बोक्रासंगै खायौ तिम्ले
मलाई पाउन नसकेमा, झुण्डिएर मर्छु भन्थ्यौ ।।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-०६,२१:३७बजे  

गजल – ४५




रातै भरी आँखा खोली, तिम्रो ढोका चियाई रहें
मिर्मिरेमा So} gaf]nL, तिम्रो ढोका चियाई रहें,  
            
छोडेँ भन्थ्यौ kmls{P/ जवाफ तिम्रो लिनै थियो
dgsf] t'gf ;':t vf]nL ,तिम्रो ढोका चियाई रहें  }

जती छोड्छु भन्थेउ तिमी उती रात छिप्पीई रह्यो
मैन बत्ती झैँ रातभरी तिम्रो ढोका चियाई रहें,

दिनभरीको थकाई पछी पानी पिउने प्यास बढ्यो
जुनकिरी झैँ अँध्यारोमा तिम्रो ढोका चियाई रहें,

सिरानीमा शिर अड्याई शान्तीसँग सुत्नु कहाँ
छट्पटिएको मुटु बन्दै तिम्रो ढोका चियाई रहें ।।।।

दुम्ब: मार्ग,सामाखुशी
२०६७-०९-०८,२१:३८बजे