Friday, March 4, 2011

गजल -६२


तिम्रो मेरो सम्बन्धको, दुरी कोशौँ कोश रह्यो
पग्लिएला भन्थे मायाँ, अझ बरू रोष रह्यो,

समयको झेली खेल, नचाहँदा नचाहँदै
चाहे जस्तो ठान्यौ क्यारे,म माथि नै दोष रह्यो,

खुशी तिमी त्यसै थियौ,मैले यसै बिथोलेँ कि !
तर्किएर हिड्नुपर्ने कारण के ठोश रह्यो,

चन्द्रमा नै हराए झैँ, अन्धकार जिन्दगीको
बिर्सिएको बाटो खोज्न, अझै ठिटो जोश रह्यो,

जाने कहाँ ? के गर्ने हो ?! कसलाई गुहार्ने हो ?
मिलनको तड्पाईमा न त कुनै होश रह्यो ।।

२०६७-११-१,२३:२६ बजे

No comments:

Post a Comment