घर छोडि परदेश आउँदा के के आश जागी रह्यो
एउटा फाटो नपठाउदा रोउँ रोउँ लागि रह्यो
छोड्न आउने कोही थिएन जहाज उड्ने ठाउँसम्म
दुई चार हजार नपठाउंदा रोउँ रोउँ लागि रह्यो
साथीभाई कोही थिएन पहिलो पटक रात कटाउँदा
ओढ्ने सिरक क्यै नपाउदा रोउँ रोउँ लागि रह्यो
बिहान् देखी मध्य रातमा जुठो भाँडा माझी रहँदा
कट्कटिएका हात हेर्दै रोउँ रोउँ लागि रह्यो
महिना मर्यो तलब पाक्यो बाक्साभित्रै लुकाईराख्दा
साथी भाईले चोरि लगे रोउँ रोउँ लागि रह्यो
महिना बित्यो बर्षौँ बित्यो घर पठाउने पैसो थिएन
कान्छी बित्या खबर पाउँदा रोउँ रोउँ लागि रह्यो ।।।
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-०५,००:०८बजे
No comments:
Post a Comment