Saturday, October 30, 2010
Recent news
आजको ताजा खबर भनेको मैले एउटा वेव पेज खोलेको छू : www .shresth .webs . com जह़ा मैले थप पेज मिलाउनु पर्ने छ .
My Poems
मेरो देश मेरो आकाश (प्रयोग - १ )
सिमलको भुवा पनि उड्न छाड्यो आकाशमामेरो हिमाल रोइरहेको गुन्जिरह्यो बतासमा
मैले भुवालाई भनें-
क्षितिज छुन तिमी उड तिमीलाई रोक्ने कोही छैन
मैले हिमाललाई भनें-
बढ बढ अझ बढ तिमीलाई छुने कोही छैन,
बचाइदेउ न मेरो आकाश मेरो लागि श्वास फेर्न
आफ्नै देश नचिनेर कहाँ जाउं यसलाई हेर्न
मैले श्वासलाई भनें-
फेर फेर स्वच्छ हावा तुलसी बाबरी अन्त छैन
मैले नेपालीलाई भनें-
नेपाल नै हो तिम्रो आमा बिनाश गर्ने यहाँ होइन
स्वच्छ हावा आकाशमै बिकिरणले भुटी रहे
तल धर्ती लुटेराले मेरै अघी लुटी रहे
मैले बिकिरणलाई भनें-
जाउ जाउ भाग अब नेपालमाथि ठाउँ छैन
लुटेरालाई मैले भनें -
बिदेशीलाई ल्याई तिमी आफ्नै आमालाई लुटाऊ
तिमी आफ्नै आमालाई अझ धेरै गरीब बनाउ
बगी रह्यो हिमनदीमा कलकल चिसो पानी
सबै खानी यही भुमिमा खोतल्नलाई कहाँ जाने
मैले हिमनदीलाई भनें-
शान्त बन सधैंभरी छोड अब तिमी फुट्न
अन्धकारलाई हटाउन पर्यो अब तिमी जुट्न
मैले खानीलाई भनें-
आऊ आऊ बहिर आऊ
कुना कुनाबाट आऊ
दीन दुखी नेपालीलाई तिमी आई खुब हसाऊ
कोही आए उत्तरबाट हिमालको हिउं पगाल्न
दक्षिणबाट कोही आए जुत्ताको दाग यही पखाल्न
मैले उत्तरकालाई भनें-
नाप नाप अझ नाप मेरो हिमाल झुक्ने छैन
मैले दक्षिणकालाई भनें-
तिम्रो दाग पखाल्नलाई यो भुमिमा ठाउँ छैन
ठोक्किएर आकाशमा भुवा धुलो धुलो भयो
च्याऊ जस्ता झारपात उम्रिएर ठुलो भयो
मैले आकाशलाई भनें-
धर्ती भन्दा आकाश ठुलो मेरो भुवा उड्न देऊ
सानो ठाउँमा अटी हाल्छ उसलाई पनि राख छेउ
मैले झारपातलाई भनें-
उमार न केही तिमी जसमा श्वास फेर्न सकुं
यही देशमा हुर्किएर यही देशमा मर्न सकुं ।।।
**********************************
<span>मेरो देश मेरो आकाश (प्रयोग - २)</span>
सिमलको भुवा पनि उड्न छाड्यो आकाशमा
मेरो हिमाल रोइरहेको गुन्जिरह्यो बतासमा
बचाइदेउ न मेरो आकाश मेरो लागि श्वास फेर्न
आफ्नै देश नचिनेर कहाँ जाउं यसलाई हेर्न
स्वच्छ हावा आकाशमै बिकिरणले भुटी रहे
तल धर्ती लुटेराले मेरै अघी लुटी रहे
बगी रह्यो हिमनदीमा कलकल चिसो पानी
सबै खानी यही भुमिमा खोतल्नलाई कहाँ जाने
कोही आए उत्तरबाट हिमालको हिउं पगाल्न
दक्षिणबाट कोही आए जुत्ताको दाग यही पखाल्न
ठोक्किएर आकाशमा भुवा धुलो धुलो भयो
च्याऊ जस्ता झारपात उम्रिएर ठुलो भयो . . .
अस्तु .........
दुम्ब:मार्ग,सामाखुशी २०६७-०७-१२,१९:२६
Subscribe to:
Posts (Atom)