Thursday, December 2, 2010

फेरी फेरी आऊ तिमी

चिने जाने केही थिएन बार्ता भयो रातभरी
तिमी उता उस्तै भयौ उस्तै भएं लठ्ठ परि

जहाँ जाउँ जता जाउँ तिम्रो याद आउने भयो
कसै गरी यो मनले सुख शान्ती नपाउने भयो

सम्झिन्न म भन्छु तिमीलाई यो मनमा घरि घरि
बहाना यो बनिदिन्छ सम्झि रहन घरि घरि 

सपनीमा पाउँ भन्थें केही हुने आशै आशमा
बिपनीमा पाइन मैले तिमीलाई आफ्नो बासमा

फेरी आऊ शब्द तिमी सपनी भै कल्पनामा
कबिता म बनाउने छु तिमीलाई सम्झी पल पलमा ।।

२०६७-०८-१६,०८:५३ बजे
दुम्ब:मार्ग,सामाखुशी  

कबिता चोरी

अक्षर शब्द वाक्य पनि चोरी हुने भयो अब
असर्जक र सर्जक बिच जोरी हुने भयो अब

आँखा दुखाई दिमाग खियाई अक्षर अक्षर रोजी रोजी
कठिनाईमा जन्म लिन्छ एउटा लेखले खोजी खोजी

एउटा यहाँ जन्मी दिन्छ अर्काको नि आफ्नो भन्ने
कबिताको क नजान्ने आफुखुशी कवी बन्ने

जागिरमा हातै धुन परे पनि लेखि रहें
बस्त्रहिन त्यो नांगो मान्छे हांसि रा को देखीरहें

तपाईंले लेख्नु भयो मैले मेरो नाम दिएं
यस्तो भन्छन चोर्नेलाई चोरी गर्ने काम दिएं

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-१६,२१:४७ बजे