Saturday, November 20, 2010

तिम्रो याद (गजल एक प्रयास)

रात कालो भै अझै किन सामु छाइरहेछ
यो मुटुमा अझै किन तिम्रो याद आईरहेछ

तिम्रो याद मेटाउन धुवांलाई पीइरहेछु
आहत यो मुटुलाई उद्विग्न भै जीइरहेछु

पुर्णिमाको उज्यालो नि अंध्यारो नै लागिरहेछयो
मुटुमा अझै किन तिम्रो याद आईरहेछ

अनाध्रित यो मायांलाई कुन मुटुमा बचाइराखुं
अधम यो भाव सुनाइ किन सबलाई हसाइराखुं

मुटुभित्र शब्दहरु अस्पस्ट नै भै रहेछ
यो मुटुमा अझै किन तिम्रो याद आईरहेछ

मेरो केही नसुनेर तिमी यसै रिसाइदियौ
भुल छैन मेरो तर दोष मलाई बिसाइदियौ

अंगिकार छ दोष सबै दोषी म झैं लागिरहेछ 
यो मुटुमा अझै किन तिम्रो याद आईरहेछ

चुम्बनका प्यास मेरा आफुभित्र मेटी सकें
जिन्दगीलाई साथी अब मैले थुप्रै भेटिसकें

मुटुभित्र धुवां राखी बांच्छु जस्तो लागिरहेछ
यो मुटुमा अझै किन तिम्रो याद आईरहेछ

रात कालो भै अजै किन सामु छाइरहेछ
यो मुटुमा अझै किन तिम्रो याद आईरहेछ

२०४७-०५-२२,धुन्चे,रसुवा

No comments:

Post a Comment