Saturday, January 1, 2011

किन कि नेपाली तिमी !


हिम्मत नहारी शिर उठाई
भविष्य उज्यालो बनाउन लम्किने मान्छे तिमी !
पुरानो सालले जे गर्यो त्यो सिध्दियो
अब राम्रो गर्न गम्किने मान्छे तिमी !!
बिश्व भरि त कती छन् कती
गनेर के साध्य भयो र देश बनाउँछु भन्नेहरू
एक्लै भए नि म बनाउँछु
तिमी मात्र होस्टेमा हैँस्टे मिलाऊ भन्दै चम्कने मान्छे तिमी !!
कत्रा कत्रा नि झुके यहाँ
सकिन्न अब त भनी
तिमी मात्र नझुकेको कसैसँग
एक मात्र नेपाली मान्छे तिमी ! 
२०६७-०९-१७,१६:१७ बजे
दुम्ब:मार्ग,सामाखुशी

नयाँ वर्ष तिमी फेरी आयौ ??!!

फेरी आयौ नयाँ वर्ष तिमी घुम्दै घुम्दै आयौ
दु:ख सुख बराबर गरी चुम्दै चुम्दै आयौ
सम्बिधानको गर्भाधानमा छटपटी रहेको बेला
मेरा घरमा के थियो र ! तिमी यसरी रमायौ !

ठुला ठुला शहरहरू झैँ रङ.गीचङ्गी बनायौ
ब्रम्हचारी भन्नेहरूलाई रातको मातमा झुमायौ
मैले अनुदानको शान्ती पाल्न नसकी रहेको बेला
मेरा घरमा के थियो र ! तिमी यसरी रमायौ !!

बैरोलाई पनि कहिल्यै नसुनेका गीतहरू सुनायौ
अन्धोलाई नि कहिल्यै नदेखेका झिलिमिली देखायौ
गाउँमा हुर्के बढेकालाई यहाँ शहरिया के बनायौ !
मेरा घरमा के थियो र ! तिमी यसरी रमायौ !!!

खुशि ल्यायौ दु:ख पखाल्यौ पलभर रमझम बनायौ
पिर ताप सबै हटाई मनमा थोरै आशा जगायौ
घरैभित्र भाइ भाइमा कलह भैरहेको बेला
मेरा घरमा के थियो र ! तिमी यसरी रमायौ !!!

२०६७-०९-१७,१५:५१ बजे
दुम्ब:मार्ग,सामाखुशी

गजल


कालो कालो केशले तिम्रो आँखै छोपी दियो
छड्के हेराई त्यो नजरले छाती घोपी दियो

चन्द्रमा नि बिर्साईदिने तिम्रो त्यो रुपले
मन्द मुस्कान फ्याँक्दा दिलमा बाँणै रोपी दियो

नागबेली त्यो हिडाई तिम्रो नागै बिर्साईदिने
बिरालोको चाल हिडाईले मनै खोपी दियो

नलाउँ भन्दै बस्न गयो पिरती नजानी
मोरीले त्यो मायाँ जालमा जवानी चोपी दियो ।।।


२०६७-०९-१७, १४:५३
दुम्ब:मार्ग,सामाखुशी