Saturday, November 12, 2011

गीत : २३ ) घर जल्यो

(झापाको भुटानी शरणार्थी शिविरमा चलेको आगलागीलाई सम्झिदा)

खडेरीको हुरी पनि के गरेर चल्यो चल्यो
पोहोर आधा जल्या घर यस्पाली त पुरै जल्यो

घर फर्की जाउँ भने बाटो रोकी दिन्छन् यहाँ
यतै बसी बाँच्ने आशा ईश्वरैले छिन्छन् यहाँ
दु:ख माथी दु:खै थप्न जुटी दे न के भयो र !
सास मात्र राखी बाँकी लुटी दे न के भयो र !

म त यसै सुकुम्बासी बाँच्नलाई मागुँला म
मिर्मिरेमै सुख्खा रोटी खानलाई जागुँला म
भगवान हो भन्छस् नि तँ सबै देख्न सक्छस्
तँलाई नै दु:ख परे कसलाई गई पोख्छस् ।।

२०६७-१२-११,०९:३० बजे

No comments:

Post a Comment