Saturday, November 12, 2011

गजल - ९३

आफुलाई तिम्रो सामु झुकाएर रुन्न आमा
मर्छु बरू, दैलो अघि ढुकाएर रुन्न आमा

ध्यौता सम्झी दिनहुँ नै पुजा गरेँ तिमीलाई
ढुङ्गा रै'छौ, अब जिउ सुकाएर रुन्न आमा,

दुनियाँले देख्दा पनि सौतेलोकै हाल थियो
गाँठी कुरो समाजमा,लुकाएर रुन्न आमा

आफ्नो भन्ने आफ्नै लागि शत्रु रै'छ सँसारमा
यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा

तिम्रो मुटु कस्तो रै'छ ! आमा भन्छौ बोल्दिनौ क्यै
साँचो कुरा खोल्ने मौका चुकाएर रुन्न आमा  ।।।

२०६७-१२-१९,०७:२२ बजे

No comments:

Post a Comment