Wednesday, December 8, 2010

पानी पानी भन्दै आएँ

ढाडखोलाको जंगलभित्रको मुहानमा पानी खोज्दै म आएँ
खुशी हुन्थें खेर गै बगेका पानी सँगालेर तिमीलाई खुवाउन पाए

चिसो चिसो पानी छोएँ कती छ मुहानको पानी भनी बाल्टीमा भर्नलाई
तिम्रो गाउँमा खान नपाएकालाई पानी ख्वाउने योजना गर्नलाई

तिमीलाई चाहिने अलिकती पानी तिमीलाई छोडि अरु लान पाए
खुशी हुन्थे पाँच दिनमा एक छाक पानी खाने शहरकाले दुई छाक खान पाए

पानी नपुगेर शहरमा आलोपालो गरीकन पानी बाँड्नु पर्ने भा छ
तिम्रो गाउँमा भने यसै गरी पानी कुलै कुलो खेर गा छ

हाम्लाई नदीई हाम्रो गाउँको पानी अन्त लान दिन्न भनी तिमी के भन्दै थियौ
यही धर्तीको पानी अघाईन्जेल खाई डकारेर पनि स्वार्थी किन बन्दै थियौ

शहरमा बसी पानी खान नपाएका पनि नेपाली दाजु भाई नै त हो नि
अब भन तिम्रो गाउँको पानी लान शहरमा दिन्छौ कि दिन्नौ कुनी

तिम्रा लागि छुट्टाइ दिनेछु हिसाबले तिमीलाई चाहिने जती पानी
पानी बाँड्नु पनि धर्म नै हो भन्छन नगर अब कुनै आनाकानी

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-२३,२३:०७ बजे