Saturday, November 20, 2010

मनका कुरा

तिमीलाई कुनै कुरा लुकाउन नपरोस
लुकाएका कुनै कुरा सुनाउन नपरोस
सुनाउंदा कुनै कुरा साक्षी राख्न नपरोस
साक्षी राखी मनका पिडा पोखाउन नपरोस

पुराना के नयाँ कुरा सोध्न मन नलागोस
वरिपरी  जती हुन्छन राम्रै कुरा फलाकोस
साक्षी बस्न आउनेलाई भगाउन मन लागोस्
दिन दिनै नयाँ माया पलाउन मन लागोस्

तिमीलाई कुनै दिन रुवाउन नपरोस
बगाएर आंशु तिम्रो मन दुखाउन नपरोस 
मुटुभरी च्यापी खुशी चुहाउन नपरोस
अत्याचारमा कहिल्यै तिमीलाई डुबाउन नपरोस ।।


दुम्ब:मार्ग,सामाखुशी
२०६७-०७-२२,१२:२२ बजे

No comments:

Post a Comment