Saturday, November 12, 2011

गजल-७१

आफ्नै स्वर नबुझिने , तोती थियौ तिमी
मुख खोल्दा हाँसै उठ्ने, थोती थियौ तिमी,

के नमिल्या के नमिल्या, तिम्रै जिउ डाल
टाढाबाट हेर्दा कानको, लोती थियौ तिमी,

हेर्दै गएँ,बानी प-यो,मन पर्दै गयो
बलत्कृतको लाज छोप्ने, धोती थियौ तिमी,

शिक्षा दिन गाउँ गाउँ, चहारेर हिड्ने
अन्धकार गाउँभरको ,ज्योती थियौ तिमी,

अरुलाई हेर्थेँ सबै सतहमै बग्थे
सागरको पीँध छुने,मोती थियौ तिमी ।।

२०६७-११-२५,१०:४५ बजे

No comments:

Post a Comment