Saturday, November 12, 2011

गजल- ८९

तिम्रो याद बल्झीएर, गाढा हुन्छ रात
जति वर बोलाउँछु, टाढा हुन्छ रात,

रोक्न खोज्छु स्पर्शलाई, जताततै चुम्छ
चुपचाप नरोके त, छाडा हुन्छ रात,

सुख हुँदा तिमी हुन्छौ, फूल जस्तै हुन्छौ
दु:ख पर्दा एक्लै पर्छु, काँढा हुन्छ रात,

हौसलामा हाँस्दा खेरी, ओरालो झैँ लाग्छ
छट्पटीले पीडा हुँदा, डाँडा हुन्छ रात,

खान पाए निद लाग्छ, सपनी नै देख्ने
नपाउँदा बजारको, भाँडा हुन्छ रात ।।


२०६७-१२-१२,००:५४ बजे

No comments:

Post a Comment