Friday, December 3, 2010

केही त गर्न सकुँ

चट्टानको मुलबाट बग्ने पानी बन्न सकुँ
पानी आउने दुई चार कल धारा खन्न सकुँ

सुख्खा यामको धाराबाट पानी झार्न सकुँ
तिर्खाएर छट्पटेकाको प्यास मार्न सकुँ

श्रावनको बर्षा बर्साई भुईँमा पार्न सकुँ
पानी नपाई बसेकालाई मुलमै सार्न सकुँ

जमिन भित्रै चुहिएको पानी टाल्न सकुँ
पाईपभित्र जम्या फोहर पहिल्यै फाल्न सकुँ

चोरी खाने पानी चोरलाई समाई थुन्न सकुँ
पानी बढाई मिटर घुमाई सेवा गुन्न सकुँ

राजधानीमा नारायणी फर्काइ ल्याउन सकुँ
बागमतीमा रमाएर डुंगा ख्याउन सकुँ

शिवपुरी बिष्णुमती अल्ले बौडे भन्डारे
पानी केही थप्न सकिन्थ्यो थुनछेक गरे

रातभर रातभर कर्मचारी नि खटिएर आउँछन
गाली बाहेक तिनले पनि खै के पाउँछन

कोही भन्छन मेरो पालो आजको अन्तै लगाईदीइस
डेरामा बस्ने सबैलाई पानी नदीइ तैले नै भगाईदीईस

के गरोस् बिचरा त्यसले यहाँ मुहानै सुकी सक्यो
गर्नु पर्ने जसले जे हो त्यो उहिले नै लुकी सक्यो
 
पानी पानी भन्दै त्यो बिचरा अड्डा अड्डा धाउँछ
आस्वासन लीई फर्कन्छ त्यो अब भरे नै पानी आउँछ

थाप्छ गाग्री बटुलेर अंखोरा जग बाल्टिन
मध्यरातको अँध्यारोमा गाउँमा जस्तै लाल्टिन

एक दुई गाग्री के झर्छ पानी त्यो पनि तुरुन्तै सुक्दछ
यो देखेर मध्य रातमा हेर्न आएका कर्मचारी पनि लुक्दछ

के गरोस् सबैलाई संबिधान भन्दा चाहिएकै पानी हो
भन्न त भन्छन नेपाल पानी कै एक खानी हो

शान्ती र संबिधान यहाँ मैले कोर्न सकिन सकिन
अलिकती पानी बाँड्न सके धन्य नभन्ने किन ।।।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-१८,१२:२४ बजे