Saturday, November 12, 2011

गजल - ७९

मनभित्र रङ्गीएछ, सप्तरंगी रङ्ग
त्यही रङ्ग हेरी हेरी, मन भा'छ दङ्ग,

मिर्मिरेमा तिमीलाई, हेरि रा'को थिएँ
आँखै अघि रङ्ग उड्दा, भैहाल्यो नि भङ्ग,

वरिपरि जता हेर्यो, रङ्गै उडी रा'थ्यो
यै होलीले दु:खी मन, भैहाल्यो नि चङ्ग,

यो फागुमा मैले गर्दा, तिमी एक्लै पर्यौ
रमाईलो गर्न होली,खेल्छौ खै को सँग ?!!

सबै खेल्ने सदभाव र, प्रेमले यो होली
"आनन्द"ले होली खेलौँ, जानी यसको ढङ्ग ।।

(फागु पूर्णिमाको सबैमा शुभकामना ) 
२०६७-१२-०४,२२:४५ बजे

No comments:

Post a Comment