Tuesday, March 1, 2011

गजल – ५२


हरपल सम्झि रहने, बानी बन्न मन लाग्यो
नुहाउँदा तिम्रो जिउको, पानी बन्न मन लाग्यो,

जहाँ जाउँ मेरो शिर,सधैँ तिम्रो काख राखुँ
तिम्रो लागि बहुमुल्य,खानी बन्न मन लाग्यो,

आँखालाई दुनियाँको,रङ्गीचङ्गी मन पर्ला
मलाई त तिम्रो दिलको,रानी बन्न मन लाग्यो,

मन पनि कस्तो होला,मायाँ सुन्न भोको हुन्छ
तिम्रो हातको स्पर्शमा,कानी बन्न मन लाग्यो,

तिमीलाई खुशी राख्न,दु:ख मैले झेल्नु पर्दा
आफुलाई रित्याएर,दानी बन्न मन लाग्यो  ।।
२०६७-११-१२,१८:४५ बजे
  (मलाई थाहा छैन,यो गजल राम्रो छ कि छैन तर यो एउटा क्षण अचम्मकै भयो । म मेरो कार्यालयको प्राविधिक कामको निरिक्षण सकेर कुपुण्डोलतर्फ जाँदै गर्दा सवारी भिड(ट्राफिक जाम)ले गर्दा सडकमै धेरै समय बिताउन गारो महशुस भैरहँदा एक्लै कार चलाई रहेकोले शुरूमा मतला मोबाईलमा रेकर्ड गराईहालेँ । १५ मिनेटको दुरीमा रहेको सडक सवारी साधनले खचाखच भरिएकोले करिब ४५ मिनेट लागेको र सो यात्रामा एक एक वटा शेर मोबाईलमा रेकर्ड गराउँदै जाँदा गन्तव्यमा पुग्दा एउटा गजल नै तयार भयो । )

No comments:

Post a Comment