Saturday, November 12, 2011

गीत -२१ :ओहो चरी !

ओहो चरी किन एक्लै उडी राछौ आज
एक्लै उडी मेरै मन चुडी राछौ आज,

तिमी एक्लो म नि एक्लो बिरानो शहरमा
एक्लै हामी भा'को हैन खुशी र रहरमा
तिम्रो पनि साथी तिम्लाई छाडी कता गै छ
मेरो जस्तो दु:खी कथा तिम्रो पनि रै छ,

आऊ बरु एकापसमा साटौँ पीर व्यथा
निष्ठुरी त्यो बैगुनीलाई भेट्ने छैनौ त्यता
नदुखाऊ मन तिम्रो सम्हालेर उड
छाती ठुलो बनाएर बनाऊ नयाँ गुँड ।।
२०६७:११:२८,२२:४६ बजे
( कतारमा निवासी कार्यरत भाई श्री कृष्ण अधिकारीको अनुरोधमा लेखिएको गीत,यो गीतको बिषयमा सायद वहाँले नै केही बताउनु होला )

No comments:

Post a Comment