Sunday, February 13, 2011

गजल-३२


तिमी आयौ बहार आयो
सारा गाउँ शहर आयो,

मुस्कुरायौ मुस्कान छरी
छल्की दिल्मा लहर आयो,
छेउ बसी छोयौ के यसै
शिर पाउमा जहर आयो,

तिम्लाई जस्तै मलाई नि
सँगै बस्ने रहर आयो,
लगनको नहर आयो
बिहे गर्ने ठहर आयो ।।

२०६७-१०-२९,२३:२० बजे 

गजल -३३


बिश्वासघात भुलौँ आज
मायाँ प्रेममा घुलौँ आज

रिस राग ति सबै त्यागी
मनै मनमा खुलौँ आज,

झोक्रिएका अतित फ्याँकी
प्रफुल्लित भै फुलौ आज,

तिमी बिर्स म बिर्सिन्छु
एकापसमा झुलौँ आज

तिमीले मेरो मैले तिम्रो
हात समाई डुलौँ आज ।।

२०६७-११-०१,२०:०० बजे
१३ फेब्रुअरी २०११