Sunday, December 26, 2010

तीन सपना


१)     हिड्दा हिड्दै आँखा जुधा जुद
एकैछिनमा मायाँ प्रीती
रातको स्वप्न दोष अनि
डोर बेलको आवाज
दुध ल्याउनेको आगमन ।

२)     पहाडको कुनै जङ्गल
भासिदै गएको सडक
दौडिदा दौडिदा थकित शरिर
कतै भेटेर मारि हाल्छ कि भन्ने त्राश !
झल्याँस्स ब्युँझिदा खुम्चिएको खुट्टा ।

३)     पुष माघको सिरक
कर्मचारीको तलब
एउटा छाता दुईटा शरिर
निछ्रुक्क भिजेको दुईटा कुम
आँखा खुल्दा श्रावणको झरी ।

२०६७-०९-१२,बिहान ०२:३५ बजे
सामाखुशी,दुम्ब:मार्ग

गजल


आज अलि मस्त बनायो जस्तो छ रातले
आज अलि झुम्म बनायो जस्तो छ मातले
हिजो त यस्तो थिएनौ के भो तिमीलाई
आज अली लठ्ठ बनायो जस्तो छ साथले

आज अलि दिक्क बनायो जस्तो छ बातले
अझ अलि हिनता दिलायो जस्तो छ जातले
हिजो त यस्तो थिएनौ के भो तिमीलाई
आज अलि तुच्छ बनायो जस्तो छ घातले

आज अलि टुन्न बनायो जस्तो छ भातले
अझ अलि घृणा जगायो जस्तो छ दाँतले
हिजो त यस्तो थिएनौ के भो तिमीलाई
आज अलि अल्छी बनायो जस्तो छ लातले ।।

२०६७-०९-१२ ,बिहान ०२:०५ बजे
सामाखुशी,दुम्ब:मार्ग

गजल


गहिराईमै मायाँ लाउने नजुटेको कहाँ हो र !
हाँसो खुशी आई मलाई नलुटेको कहाँ हो र !

आँखाभरी आँसु बोकी तिमीले हात हल्लाई जाँदा
मेरो पनि भक्कानो त्यो नफुटेको कहाँ हो र !

एउटा रुमाल सम्झना त्यो तिमीले मलाई थमाई दिँदा
भेट हुन्न भनी दिल नटुटेको कहाँ हो र !

तिमीलाई बिदाई गर्ने मेरो बाध्यताले कर लगाउँदा
सकेसम्म तिमीलाई रोक्न नजुटेको कहाँ हो र !

उत्तानो र कोल्टे फेर्छु रातभरि नीँद नआउँदा
समाजको लाञ्छनाले नचुटेको कहाँ हो र !

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-११,०८:४५ बजे
"एक शेर बढी छ,झिक्न मन लागेन "