Tuesday, December 21, 2010

धोकेबाज

औकातले भ्याएसम्म मलाई मायाँ गर्छु भन्थ्यौ
जस्तो सुकै भेल पनि संगै संगै तर्छु भन्थ्यौ

मलाई एक्लै छाडी तिमी कुन दुनियाँमा रमाउदैछौ
मलाई हेर्न मेरै घरको नजिक डेरा सर्छु भन्थ्यौ

अँध्यारोमा रूमल्याई पुग्यौ रँगिन दुनियाँमा
गाउँ बस्न गाह्रो भयो बेशीतिरै झर्छु भन्थ्यौ

आशा पनि मर्यो अब तिमी आउने बाटै बिर्सें
हाम्रो मायाँ छुट्यो भने आन्दोलन नै गर्छु भन्थ्यौ

नपाउनेले केरा पायौ बोक्रासंगै खायौ तिमीले
मलाई पाउन नसकेमा झुण्डिएर मर्छु भन्थ्यौ ।।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-०६,२१:३७बजे