Saturday, December 11, 2010

म डिम्बिका



तिमी थियौ शहरीया म कताको सहलिया थिएँ
तिम्रो अलालिका मेट्न बरु आँफै उपरिया बनिदिएँ

सुहाई न सुहाई मैले आँखामाथी गाजल लगाइदिएँ
शहरीयाहरुले चिन्लान भनी मैले आँखै लुकाइदिएँ

तिम्रा पिर ताप सुनी मैले प्याला भरी दिएँ
खुशी तिमीलाई राखी आफुलाई डिम्बिका बनाइदिएँ

के खानु र के लाउनु मैले आँफै केही नगरी
तिमीसँग पनि मैले आफ्नो रेटै तोकी दिएँ

रोक भन्थेँ रोक्न सकेनौ वाध्य थिएँ मै पनि  
तिम्रो खुशी सम्झना बनाई जिउमै बोकी दिएँ

फेरी भेट हुन्छ हुँदैन तिमीसँग यसैगरी रातमा
गराई देउ भन्दै भगवानको चरणमै ढोगी दिएँ

मेरो नम्बर लियौ लिएनौ दिन बिर्सेंछु हातमा
तिम्रो नम्बर मनै मनमा यसै घोकी दिएँ

अस्तु ।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-२५,१५:५० बजे