मैले लेख्छु नानाथरी समाज असल मानिस भन्छन्
सिक्दा सिक्दै काफिया र शेर लेख्न जानिस् भन्छन्
चित्त दुख्छ देश रुँदा नरोई किन बस्थ्यो यो मन
बिद्रोहमा लेख्छु केही रामबाण नै हानिस् भन्छन्
जता हेर्यो उतै देख्छु देश अस्तब्यस्त भा'को
समाधानको बाटो लेख्छु उत्तम शब्द छानिस् भन्छन्
लेख्ने फुर्सद, रहर थे'न, समयले वाध्य पर्यो
जसका नाममा लेखें उसले खुल्ला चौरमा तानीस् भन्छन्
शान्तीसँग बाँच्ने आधार मैले मागें देशसँग
तैंले माग्दा पाउने तैंले आफुलाई के ठानीस् भन्छन्
दुम्ब:मार्ग,सामाखुशी
No comments:
Post a Comment