Wednesday, December 1, 2010

तिमीले पिउँदा र मैले नपिउँदा

अघी तिमीले नखाइन्जेल कसले तिम्रो स्वर सुने ?
दुई चार पेग के लगायौ अब तिमीलाई कसले छुने ??!!  

बहुला पानी पिए पछी निर्धो सुरो बनाउने
नचिलाएको ठाउँ पनि घरि घरी कनाउने

एउटै कुरो बारम्बार दोहोराउने गर्दो रहेछौ
जती उक्लें भने पनि त्यही सिढिंमा पर्दो रहेछौ

तिमीले टुक्रे अंग्रेजीमा गाली गर्न जान्दी रहिछ्यौ
एउटै नम्बर टेलिफोनमा लगातार हान्दी रहिछ्यौ

बर्बराएको लठ्यौरी त्यो बोली सुन्दा दिक्क हुने
एक पेग मात्र खायौ भने तिमीलाई रै छ ठीक्क हुने

रक्षा गर प्रभु ।।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-१५,२२:३३ बजे