Saturday, November 12, 2011

गजल - ८६

कान्छा दाइ गाउँ छाडि आउनु भयो रे !
हराएको नेतालाई पाउनु भयो रे !

नेता जी नि दंग पर्दै भेटी कान्छालाई
भोट हाल्दा ला'को गुन गाउनु भयो रे !

चिया नास्ता गरौ भन्दै कान्छा दाइलाई
उल्टै पैसा तिरिदिन लाउनु भयो रे !

सापटै भो कान्छा दाइ लौ न आजलाई
भन्दै नेता सभा घर धाउनु भयो रे !

के के न पो गर्छु भनी आ'को कान्छा दाइ
नेता देख्दा आफ्नै मुख बाउनु भयो रे !!

२०६७-१२-१०,०२:१० बजे

No comments:

Post a Comment