Sunday, November 21, 2010

हिरो नम्बर वान

फेरी एउटा आयाम थप्यौ नेपालीलाई चिनाउने
नेपाली हुँ भनी आफ्नो शिर माथि उठाउने
विश्वभरका प्रशंसकले तिमीलाई माया गर्‍यो
जिम्मेवारी थपी अझै सफलता दिलाउने

यती धेरै खतरालाई जीवनमा मोल्यौ तिमीले
नेपाली त्यो गरीब नारी बचाउन बोल्यौ तिमीले
लुकाएका भगाएका देशभित्र ल्यायौ अनी
बचाएर राख्न तिनीलाई संस्था पनि खोल्यौ तिमीले

आमा बन्यौ दिदी बन्यौ गरी भलो सहारा बन्यौ
दुष्टलाई सधैंभरी घोची रहने कांढा बन्यौ
पायौ तिमीले पुरस्कार त्यो काम तिम्रो चिनाउने
बिश्व सब नतमष्तक भो हिरो नम्बर वान बन्यौ ।।


दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-०५,२२:४९ बजे








खेल हो या झेल

समयको खेल भन
या
जीवनको झेल भन
बज्रपात भयो यसरी
भयो जे भयो
त्यो पर्दो रहेछ सहन,
न मेरो थियो दोस कुनै
न थियो अरु कसैको   
बज्रपात भयो यसरी
भयो जे भयो
त्यो पर्दो रहेछ सहन,
हासी खुशी बसेको छु अझै
मृत्‍युले छोड्यो जिस्काउन
बज्रपात भयो यसरी
भयो जे भयो
त्यो पर्दो रहेछ सहन ।
२०६७-६-२  साँझ ६:२५ ,
      दुम्ब:मार्ग,सामाखुशी
( म सागर  र बासु जती त लेख्न जान्दिन तर प्रयास गर्दैछु )

जीवनका पाइलाहरु कता कता कता कता

जीवनका पाइलाहरु कता कता कता कता 
खुशीका पलहरु खोजी हिड्छु कता कता
खोजी हेर्छु पाउछु भनी यता उता यता उता
जता हेर्छु उस्तै देख्छु यता उता यता उता

पाए जस्तो हुँदा खुशी भागी हिड्छ कता कता
दौडि दौडि जान्छु उतै खुशी हुन्छ जता जता
लुका मारी खेले जस्तो तिमी उता म यता
सपना झै देखे जस्तो बिपनामा कता कता

तारा झैं उडु उडु लाग्ने आकाशमा कता कता   
माछा झैं बगुं बगुं लाग्ने समुन्द्रमै कता कता
बादल झैं उडी जाने खुशी मेरो उतै उता
पानी झैं बगी जाने मेरो रहर उतै उता

श्राप

कसको श्राप यो शिरमा आज पारी गयो
हाँसी खुशी बाच्ने रहर अब मरी गयो
मान्छे बन्न नजान्ने म
देउता बन्ने रहर गरेछु
त्यही रहरमा आज आँफै
जिउदो लाश भै त्यसै मरेछु

कसको श्राप यो शिरमा आज पारी गयो
हाँसी खुशी बाच्ने रहर अब मरी गयो

मैले यहाँ रोइ हेरें
हासी हेर्ने मौकै भएन
मैले यहाँ मरी हेरें
बाँची हेर्ने कुरै भएन

कसको श्राप यो शिरमा आज पारी गयो
हाँसी खुशी बाच्ने रहर अब मरी गयो

जनता बन्न नजान्ने म
राजा बन्ने कोशीस गरेछु
त्यही रहरमा आज आँफै
जिउदो लाश भै त्यसै मरेछु

कसको श्राप यो शिरमा आज पारी गयो
हाँसी खुशी बाच्ने रहर अब मरी गयो

२०६५-१२-०२ दुम्भ मार्ग,सामाखुशी           
ब्रेन ट्युमरको अप्रेसन पछी


जे हुन्छ हुन्छ नेपाल फर्के हुन्छ

जे हुन्छ हुन्छ तिमी नेपाल फर्के हुन्छ
तिमीलाई त्यहा गाह्रो हुँदा हाम्रो मन रुन्छ

तिम्रो यहाँ सबै थोक छ कमी केही छैन
केही नभएर तिमी त्यता गएको नि होइन,

केही होला कि भनी तिमी देश छोडि गयौ
देश छोडेको भोलीपल्टै घरको यादले रोयौ

तिमीलाई यहाँ के भा'थ्यो र देशै छोड्नु पर्ने
हामीलाई मात्र सोच्नु पर्ने बांच्ने हो कि मर्ने

अहिले नि क्यै भा'छैन देश फर्की आउ
यही देशमा राख्नु पर्छ तिमी हाम्ले नाउ

उमेर तिम्रो क्यै गा'छैन आजकालकै ठिटो
सकेको दिन मिठो खाउँला नसकेमा पिठो


२०६७-०६-१२ राती ११:०० बजे 

आफ्नो मान्छे

कस्तो चौडा छाती तिम्रो साह्रा दु:ख भुलाउने
अरु खुशी बनाएर आफ्नो दु:ख लुकाउने

च्यातिएको सम्बन्ध नि हाँसी हाँसी टाल्न खोज्छौ 
अरुलाई हँसाएर आफुलाई बाल्न खोज्छौ

कस्तो चौडा छाती तिम्रो ...............
अरु खुशी बनाएर ...................

सिसाको घरभित्र बसे फुट्ला भनी शान्त हुन्छौ
अधरहरु मुस्कुराए नी मनमनै खुबै रुन्छौ

साह्रा बिहान जिन्दगीको सुरुवात बनाउछौ
अघिल्लो रात छाल चलेको समुन्द्रमै खनाउछौ

कस्तो चौडा छाती तिम्रो ...............
अरु खुशी बनाएर ...................

२०६६-८-४ दुम्ब:मार्ग,सामाखुसी

मेरो असमण्जसता

बोल्दा बोल्दै शब्दहरु सकिएर बोल्नै सकिन
सोच्दा सोच्दै मस्तिस्क नै पात भएको ज्ञात भएन

थुप्रै भुल भएपछी नि गल्ती भएको ख्यालै भएन
यो मस्तिस्कमा सोच्ने होश अब एक रत्ती रहेन

बोल्दा बोल्दै शब्दहरु .................
सोच्दा सोच्दै मस्तिस्क ...............

कुर्दा कुर्दै चैत्रबाट फाल्गुन लागेको थाहै भएन
हाँस्दा हाँस्दै आँखाबाट अश्रु बगेको यादै भएन

हिड्दा हिड्दै ठेश लागेको आँखाले नि देख्नै सकेन
टाढीएछ जीवन किन मैले थाहा पाउन सकिन   

बोल्दा बोल्दै शब्दहरु .................
सोच्दा सोच्दै मस्तिस्क ...............

२०४७-०३-२१ धुन्चे रसुवा

अनाहुत गए भैहाल्छ नि

अन्तस्करणकी रानी मेरी अनी
अनिबिग्न तिमी थियौ
अन्तर्बेदना सुनिदिन्थ्यौ तिमीले मेरा
अन्यमनस्क बनाइदियौ
अनश्वोर हुन्छ हाम्रो प्रेम भनी तिमीले पनि त भन्याथियौ
अनुग्रह कत्ती नगरी आज तिमीले
अकन्टक फुल बनाइदियौ
अझ उपहार कुनै दिन नसकेपनी
अन्जुलीभरी माया दिए झैं लागेको थियो
अत्याज्य प्रिया तिमी मेरी तर
आफु नै अधम जस्तो लागेको थियो
अनिस्ट भए तिमीलाई म
अंगिकार नगरे भैहाल्छ नि
अनुगामी प्रेमी चाहिने भए तिमीलाई
अनाहुत गए भैहाल्छ नि !!
- २०४७-०५-१० , सामाखुशी        
(अ बाट बनेका शब्दहरुको प्रयोग )

आउन अली ढिलो भयो

आमा -
बिदेश गईस तैले बाउको माया गाली खाइनस
अन्तिम पटक बाउलाई हेर्ने तैले मौका पाइनस
अली छिटो आ'भए तैले बाउलाई हेर्न पाउथिस
तँ आ'भए तैले बाउलाई जसरी नि बचाउथिस्
अन्तिम साससम्म तँलाई बाउले बोलाइराथ्यो
तँ आउछस र बोल्छु भनी आँखा टोलाइराथ्यो
तँलाई देखी एक्कासीमा धुरुधुरु रोएं
तेरै लागि मैले तेरो बाउको शव छोएँ
बिदेशमै था'पाएर धुरुधुरु रोथिस
बगाएर अश्रुधारा सम्झनालाई धो'थिस
जे हुनु भो भैगो छोरा मनलाई स्थिर बना
ठुलो मान्छे बनाछन् बाउले ठाडो शिर बना
छोरा -
हेर आमा मैले पनि बाउलाई सम्झीराथें
त्यसैले त हतार गरी स्वदेश फर्कीराथें
बिरामी त्यो बाउलाई मैले त्यसै छोड्या हैन
बिदेश गई ऋणै तिरें अरु जोड्या छैन
भो भो आमा नरोउ अब जे हुनुथ्यो भैगो
नदेखे नि ईश्वरले बाउलाई स्वोर्ग लैगो । । ।

मिती :- २०६६-०८-१५ ,गोकर्ण
( माथि लेखिएका शब्दहरु आदरर्णीय दाजु श्री सञ्जय थापा ज्युको अमेरिकाबाट बाबाको स्वोर्गारोहण भै एअरपोर्टबाट घर पुग्दा आमासँग म आफै सञ्जय दाई भएको सम्झिएर स्थलगत लेखिएको काल्पनिक कबिता हो ,यसबाट कसैलाई असर पार्ने उधेस्य मेरो होइन तर पर्न गएमा क्षमा  चाहन्छु । )