Thursday, December 23, 2010

म हुँ सभासद

पढ्या लेख्या केही छैन सभासद भै आएको छु
जिन्दगीमा कैल्यै न पा तलब भत्ता पाएको छु
कराईरन्छन् जन्ता यहाँ छोड्देउ चुनाव जित्नु छैन
बैठक कुनै नभए नी सँसद भवन धाएकै छु ,

औठा छाप भएँ के भो मनोनीत भई आएको छु
बाउ बाजेले नपाएको शान सैाकात पाएको छु
सम्बिधान लेख्ने भन्छन् थाहा छैन मलाई के हो 
अझै म्याद थप्नु पर्यो भन्दै भत्ता खाएको छु,

राजनिती के हो भन्दै काठमाण्डु धाएको छु
ठेक्कापट्टा मिलाईदिन नेता सामु आएको छु
तीन तीन वटा ठुला पार्टी देशमा रजाईँ गरी रा'छन्
आधार कुनै नभए नी कार्यकर्ता पाएको छु ।


दुम्ब:मार्ग,सामाखुशी
2067-09-08, 20:01