जब टेक्छु आफ्नै भुमी काँ रै छ यो नेपाल
नेपाली त्यो ढाका टोपी गुन्यो र चोली
सबै यहाँ लाउँदा रै छन नेपाली मै बोली
म त एउटा संगीतको सानो पात्र मात्र
दार्जलिंगे मुटु छाम्दा नेपाल यत्र तत्र
पानी पिउँदा नेपाल भेट्छु काँगडाको छेउ
नेपाल आमा फेरी मलाई त्यही नेपाल देउ
सिक्किमीको बोली बचन कती मिठो हेर
नेपाल आमा त्यही नेपाल देऊ न एक फेर ।।
दुम्ब:मार्ग,सामाखुशी
२०९७-०८-२७,२१:०५बजे