Saturday, November 12, 2011

गजल -६५

अन्तै मायाँ ग-या भए,हजारौँमा छाँट्यौ किन ?
छोडी जानु थियो भने,वाचा गरी ढाँट्यौ किन ?

कैयौँ दिन धाई रह्यौ,अघि पछि लागी रह्यौ
झुठो वाचा गरी गरी,दिमाग नै चाट्यौ किन ?

नित्यक्रिया तिम्रै लागि,कर्म धर्म तिम्रै लागि
जे जे गरेँ तिम्रै लागि,अन्तै बाटो काट्यौ किन ?

निस्कलंक जानु थियो,शहरमा झ्याली पिट्यौ
पारदर्शी मेरो मनमा,तिमी यसै फाट्यौ किन ?

तिमीलाई त केही छैन,जति रोज्यौ त्यति पायौ
सयौँसँग मायाँ गासी,एकै ठाउँमा बाट्यौ किन ?

मैले यौटै तिमी रोजेँ, तिमी भने भड्किरह्यौ
लिनदिन नसक्नेले,जुठो मायाँ साट्यौ किन ?

२०६७-११-२१,२३:४५

No comments:

Post a Comment