Saturday, November 12, 2011

गजल - ६७

By Ananda Shrestha · Tuesday, 08 March 2011
यौटा पत्र लेखेँ मैले, रिसाएर लेखेँ
मनका सारा दु:ख पिडा, बिसाएर लेखेँ,

गाउँ सारा भोकमरीले, डुबाएको व्यथा
त्यै पत्रमा थोरै रोष, मिसाएर लेखेँ,

जित्नु थियो चुनावमा जित्यौ, काँधै चढी
तिम्रो मेरो नाता केही, चिसाएर लेखेँ,

जन्मथलो बिर्सीएर, नफर्किने भयौ
थोरै हाँसो धेरै आँसु ,पिसाएर लेखेँ,

नालायक छोरो मेरो, सभासद भयो
गाउँलेलाई छोरो भन्ने, बिर्साएर लेखेँ ।

No comments:

Post a Comment