Thursday, February 3, 2011

गीत : तिमी निहारिका


तिमी मेरी आकाश कुसुम तिमी निहारिका
अपहत्ते पर्ने मायाँको यो के हो तरिका !!

 बिन्ति थियो छाडी नजाऊ तिमी गयौ सासै छैन
अहिले नि कामना छ फर्कने चैँ आशै छैन
दिलै खोली ला'को मायाँ मेरो लागि व्यर्थ भयो
भगवानको ढोका अघि प्रार्थना के अर्थ भयो,

झिँगा प-यो मलाई त पिरतीको पैलो गाँस
रुखो मायाँ छानी गयौ अपुताली पाउने आश
पाखोबारी बेचे पनि जीवनभरि खुशी हुन्थ्यौ
मेरो केही सुन्या भए आज आई किन रुन्थ्यौ ।।
२०६७-१०-२१,०९:३० बजे