Sunday, December 12, 2010

प्यारो मेरो देश

मिर्मिरेमै सुनको सुर्य देख्न पाए हुन्थ्यो
परिवर्तन ल्याउने गरी लेख्न पाए हुन्थ्यो

घर न घाटको हुन्थेँ बरु यही देशको लागि
बिदेशीका चलखेल सबै छेक्न पाए हुन्थ्यो

गाउँ गाउँ बस्ती बस्ती जुर्मुराए हुन्थ्यो
तीनकुने रातो झन्डा फर्फराए हुन्थ्यो

नेपालको झन्डा बोकी गोली खान्थें बरु
कोही देशप्रेमी अझै जिउँदै पाए हुन्थ्यो

स्वाभिमानी नेपाली हो स्वदेश फर्क बरु
यही देशमा सयौं बर्ष टेक्न पाए हुन्थ्यो

उठौँ सबै सर्जकहरु देश भ्रमणमा जावौँ
शान्ती ल्याउने ईतिहास रच्न पाए हुन्थ्यो ।।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-२६,२०:२३ बजे