Friday, December 24, 2010

गजल

आजभोली तिमीलाई हेर्छु हिजोभन्दा भिन्न देख्छु
मैले खु्शी लुटी दिएँ की हिजोभन्दा खिन्न देख्छु

भिडम भिड छ शहरभरी मायाँ पाउने आशै आशमा
मायाँ साट्न कोही छैनन् सबै लाईनमा किन्न देख्छु

कोही यहाँ लुटी रा'छन् कोही देख्छु लुकी रा'छन
मेरो मायाँ यही शहरमा बाँची रा'को चिन्ह देख्छु

तिम्रो घरको आँगनीमा रंगीचंगी भीड देख्छु
अरू केहीलाई नभएर तिम्रो कुरा छिन्न देख्छु 

यही भएर हो कि तिमीलाई हिजोभन्दा भिन्न देख्छु
मैले हात नथामेर हो कि तिमीलाई खिन्न देख्छु ।। 

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-१०,१३:१५ बजे