Tuesday, February 1, 2011

गजल


बिरालोले बाटो काट्यो साईतमा हिन्ने बेला
कस्को आँखा लाग्यो !कुन्नी मेरो छिन्ने बेला,

घटिया त्यो लुगा औँठी किन्यौ भनी दोष लायौ
तिम्लाई त बोलाकै हो बिहे अघि किन्ने बेला,

तिम्रो कुरा सुनेदेखि मन कहाँ स्थिर थियो
रतन्धोले छोपेछ कि कुरा चलाई चिन्ने बेला,

यै कुरोले मन जल्यो नानाथरि सोच्दासोच्दै
हातै पिसिएछ सेललाई पिठो पिन्ने बेला

यस्तै यस्तै व्यवहार गरी हिड्छौ आजभोली
तिम्लाई कस्ले छुन सक्छ मातिई नचिन्ने बेला ।।

२०६७-१०-१८,१९:५२ बजे