Saturday, November 12, 2011

गजल - ६६

(समोच्चरित -उच्चारण गर्दा उस्तै उस्तै सुनिने-  शब्दहरूको गजल )
"परिमाण" नाप्ने कुनै माना भेटिएन
"परिणाम" लेख्ने कतै पाना भेटिएन,

"अनल"ले मनै खायो छाती छाम्नै पर्ने
"अनिल" त्यो थुनी राख्ने थाना भेटिएन,

"अभिहित" जिन्दगी यो चल्न चलाउन
"अबिहित" कामको तानाबाना भेटिएन,

"अभिराम" थिए सबै यौबनका लालि
"अबिराम" च्यात्दा छोप्ने नाना भेटिएन,

"आँट" गर्छु उदाउन,अस्ताएता पनि
"आँत" सुक्दा भिजाउने दाना भेटिएन,

"उपेक्षा"भो चन्द्रमुखी जन्मधार जस्ती
"अपेक्षा" नि निराकार,साना भेटिएन,

जिन्दगी यो छोप्ने कतै छाना भेटिएन
भोको पेट भर्ने कुनै खाना भेटिएन ।।


अर्थ –
परिमाण –      मात्रा
परिणाम –      नतिजा
अनल   -      आगो
अनिल -      हावा
अभिहित -      कथित
अबिहित -      अनुचित
अभिराम  -      सुन्दर
अबिराम  -      लगातार
आँट    -      साहस
आँत    -      आन्द्रा
उपेक्षा   -      तिरस्कार
अपेक्षा  -      ईच्छा
२०६७-११-२२,१३:०० बजे

No comments:

Post a Comment