Friday, March 4, 2011

गजल - ६४


दु:ख पर्दा तिमीसँग, जँघार नि तरेकै हो
तिमीमाथि जानी जानी, मैले गल्ती गरेकै हो,

आकाशको तारा झार्ने, कसम के खाईन र !
झुठो वाचा गर्दा गर्दै, मनको खल्ती भरेकै हो,

घरभित्रै फुल थियो, काँढा खोज्दै बाहिरिएँ
जान्दै जान्दै भिर खोज्दा, ओरालोमा झरेकै हो ,

छाडी गएँ घरवार, नयाँ घर बसाउन
रातले जब जिस्क्याउँथ्यो, पर्नु पीर परेकै हो,

दुनियाँ त दर्शकै हो,रुँदा ताली बजाउँछ
तिम्रो दोष देखाउन,लाञ्छना त छरेकै हो,

भुल भयो माफ गर,तिम्रै दिलमा राख फेरि
मर्नु पर्ने खड्को थियो,ऐलेलाई टरेकै हो ।।

२०६४-११-२०,२२:४४ बजे ।


गजल - ६३


तिमीलाई हेरि र'ने, मात लाग्यो आज
हेरेकै हो, हेर्दा मात्र बात लाग्यो आज,

कस्ती रै'छौ,निर्मोही त यता नहेरेर
प्रहरीमा उजुरीको खात लाग्यो आज,

उजुरी नै दिए पछि, तिम्लाई के भनुँ
अरु फुल तर तिमी ,पात लाग्यो आज,

हेर्ने छौ र रमौने छौ, भन्ने आशा थियो
छामी हेर, दिलमा ठुलो घात लाग्यो आज,

हिजो तिमी हाँस्दा पनि, जुनै हाँसे जस्तो
तिम्रो मुख बिना जुनको, रात लाग्यो आज ।।


२०६७-११-२०,१२:३६ बजे ।।

गजल -६२


तिम्रो मेरो सम्बन्धको, दुरी कोशौँ कोश रह्यो
पग्लिएला भन्थे मायाँ, अझ बरू रोष रह्यो,

समयको झेली खेल, नचाहँदा नचाहँदै
चाहे जस्तो ठान्यौ क्यारे,म माथि नै दोष रह्यो,

खुशी तिमी त्यसै थियौ,मैले यसै बिथोलेँ कि !
तर्किएर हिड्नुपर्ने कारण के ठोश रह्यो,

चन्द्रमा नै हराए झैँ, अन्धकार जिन्दगीको
बिर्सिएको बाटो खोज्न, अझै ठिटो जोश रह्यो,

जाने कहाँ ? के गर्ने हो ?! कसलाई गुहार्ने हो ?
मिलनको तड्पाईमा न त कुनै होश रह्यो ।।

२०६७-११-१,२३:२६ बजे

Wednesday, March 2, 2011

गजल -५८


(उखान र वाक्पध्दतीको गजल)
" घोडा चढ्ने लड्छ " भन्छ,तिमीले के जान्यौ ठुली !
" मर्नु भन्दा अगाडि नै खुट्टा तान्नु" तान्यौ ठुली,

"सिङ थाप्नु" " भात लाग्नु " ,तिम्रा लागि केही हैन
चिन्नु अघि " घाँटी पर्नु ", मलाई नै छान्यौ ठुली,

चिने पछि " मायाँ लाग्नु",आफ्नो ठाममा ठिकै थियो
बारम्बार " जीउ मार्नु ",किन फेरि हान्यौ ठुली ,

नयनको काम यस्तै,राम्रो लागे हेरि हाल्छ
मेरैमाथि " बात लाग्नु ",थियो भन्दै मान्यौ ठुली,

" पेट पाला गर्नु " थियो, ऐलेसम्म धान्यौ ठुली
" गोता खानु " खाए पनि," वाचा बाँध्नु " बान्यौ ठुली ।।
उखान र वाक्पध्दतीहरूको अर्थ –
" घोडा चढ्ने लड्छ "- काम गर्दा कहिले काँही बिग्रन्छ पनि ।
" मर्नु भन्दा अगाडि नै खुट्टा तान्नु"- लत्ता छोड्नु ।
"सिङ थाप्नु" – जोरी खोज्नु ।
"भात लाग्नु "- मातिनु ।
" घाँटी पर्नु "- धेरै खाँचो हुनु ।
" मायाँ लाग्नु"-मन पराउनु ।
" जीउ मार्नु " – ज्यानलाई कष्ट दिनु ।
" बात लाग्नु "- दोष लाग्नु ।
" पेट पाला गर्नु "- जीविका चलाउनु ।
" गोता खानु " – दु:ख पाउनु ।
," वाचा बाँध्नु "- प्रतिज्ञा गर्नु ।
०६७-११-१८,१४:२५ बजे

Tuesday, March 1, 2011

गजल -५४


किन भाग्य यस्तो हुन्छ ?! जहाँ जान्छु फुट्छ त्यहीं
आफ्नो देश नफापेर,बिदेशिंदा लुट्छ त्यही,

घाम पानी क्यै नभनी,रातदिन खटी रा'थेँ
जाँ गए नि अभागीको,भाग्यलाई भुट्छ त्यहीँ,

आफ्नै घर प्यारो हुन्थ्यो,दु:ख पछि नलागे त
जहाँ जाउँ पछ्याएर,त्यसले नै कुट्छ त्यहीं,

आफ्नो कोही नदेखेर,भगवान सम्झी बस्दा
साथी भेट्छु त्यै साथीको,दलालीले चुट्छ त्यहीं,

साथै राख्न खोज्छु सधैँ,भाग्यलाई समातेर
गम् लाएर टाँसे पनि,बारम्बार छुट्छ त्यहीँ,

भाग्य खोज्छु लिबियामा,आफ्नालाई खुशी राख्न
कुना पसी लुके पनि,दु:ख पीडा जुट्छ त्यहीँ,

बाँधी राखी मनभित्र,सुखका ती पलहरू
आनन्दले ज्यु'न खोज्दा,धैर्यता नै टुट्छ त्यहीँ ।।
२०६७-११-१६,१६:५५ बजे

गजल -५३


एउटा गीत गाउनु थियो गाउन सकिन
तिम्लाई मायाँ लाउनु थियो लाउन सकिन,

सपनाबाट बिपना पाएँ पिरती सोच्दैमा
तै पनि  त्यहाँ तिम्लाई भेट्न आउन सकिन,

सोचेरै बस्यौ मलाई तिम्ले त्यो पनि थाहा छ
पाएर पनि यो मनमा तिमी छाउन सकिन,

कहिले यता कहिले उता गरेरै बेर भो
भाकल राखी मन्दिर धामी धाउन सकिन,

पाउनु थियो जसरी पनि था'छैन के गर्ने
मनले गुन्दै रोएर बसी पाउन सकिन ।।


२०६७-११-१४,२०:३४ बजे

गजल – ५२


हरपल सम्झि रहने, बानी बन्न मन लाग्यो
नुहाउँदा तिम्रो जिउको, पानी बन्न मन लाग्यो,

जहाँ जाउँ मेरो शिर,सधैँ तिम्रो काख राखुँ
तिम्रो लागि बहुमुल्य,खानी बन्न मन लाग्यो,

आँखालाई दुनियाँको,रङ्गीचङ्गी मन पर्ला
मलाई त तिम्रो दिलको,रानी बन्न मन लाग्यो,

मन पनि कस्तो होला,मायाँ सुन्न भोको हुन्छ
तिम्रो हातको स्पर्शमा,कानी बन्न मन लाग्यो,

तिमीलाई खुशी राख्न,दु:ख मैले झेल्नु पर्दा
आफुलाई रित्याएर,दानी बन्न मन लाग्यो  ।।
२०६७-११-१२,१८:४५ बजे
  (मलाई थाहा छैन,यो गजल राम्रो छ कि छैन तर यो एउटा क्षण अचम्मकै भयो । म मेरो कार्यालयको प्राविधिक कामको निरिक्षण सकेर कुपुण्डोलतर्फ जाँदै गर्दा सवारी भिड(ट्राफिक जाम)ले गर्दा सडकमै धेरै समय बिताउन गारो महशुस भैरहँदा एक्लै कार चलाई रहेकोले शुरूमा मतला मोबाईलमा रेकर्ड गराईहालेँ । १५ मिनेटको दुरीमा रहेको सडक सवारी साधनले खचाखच भरिएकोले करिब ४५ मिनेट लागेको र सो यात्रामा एक एक वटा शेर मोबाईलमा रेकर्ड गराउँदै जाँदा गन्तव्यमा पुग्दा एउटा गजल नै तयार भयो । )

गजल – ५०


गाउँदैमा गीत नबन्दो रहेछ,भाव बिलाउनु पर्ने रहेछ 
लाउँदैमा मायाँ नबस्ने रहेछ,मन मिलाउनु पर्ने रहेछ,

बिछोडमा झार्न चाहेथेँ आँसु त,बनावटी कहाँ झार्न सकेँ र !
चाहँदैमा आँसु नझर्ने रहेछ, पिल-पिलाउनु पर्ने रहेछ

तिमीसँगै जान चाहेर पुगेन, साथ लैजानले चाह नगर्दा
बहदैमा डुङ्गा नतर्दो रहेछ,प्वाल सिलाउनु पर्ने रहेछ,

झुकेरै म बोलेँ चिच्याउन चाहिन,तिम्रो कुरा सुन्न चाहँदा
निहुरेर मात्र नहुने रहेछ,शिर चिलाउनु पर्ने रहेछ,

टुक्रिएर मुटु सिसा फुटे सरि भो,छाती मकै पोलेको जस्तै
छिया छिया बनाएर पुगेन नि ! थिल-थिलाउनु पर्ने रहेछ ।

२०६७-११-११,०७:१५ बजे

गजल – ४९


किन हो आज ?! बोलेरै गयौ
वेदना व्यथा खोलेरै गयौ,

हिजोको वाचा बन्धनलाई
रिसले हो कि !पोलेरै गयौ,

चर्काई नाता बिरानो बन्दै
खुर्सानी नुन,घोलेरै गयौ,

झमक्कै पारी मुहार मेरो
अमिलो चुक मोलेरै गयौ,

मनको पिडा छामेकै थियौ
आँसुका धारा हुलेरै गयौ ।

गजल – ४८




कसो गरी हिड्यौ तिमी ?हिड्दा हिड्दै लड्यौ तिमी
देखे पनि नदेखे झैँ, सरासरै बढ्यौ तिमी,

तिम्रै पछि हिड्दै थिएँ,धेरै पछि देख्या थिएँ
फर्की हेर्यौ आँखा जुध्यो,तेर्सो सिँढी चढ्यौ तिमी,

आत्तिएर दौडी रा'थ्यौ,सँगै तिम्रो कोही थियो
नदेखेर बाटो छेउ ,भा'को ढलमा गढ्यौ तिमी,

मैले दौडी हतारमा, उठाउन आई रा'थेँ
गल्ति भा'थ्यो तिमीबाट,डराएरै डढ्यौ तिमी

शहरीया ऐश खोज्दै, मन तोडी आयौ तिमी
ढुङ्गालाई ध्यौता भन्दै डिम्बिका भै सढ्यौ तिमी ।।

२०६७-११-१०,०७:४५ बजे

गजल – ४७




मैले लेख्छु नानाथरी समाज असल मानिस भन्छन्
सिक्दा सिक्दै काफिया र शेर लेख्न जानिस् भन्छन्

चित्त दुख्छ देश रुँदा नरोई किन बस्थ्यो यो मन 
बिद्रोहमा लेख्छु केही रामबाण नै हानिस् भन्छन्

जता हेर्यो उतै देख्छु देश अस्तब्यस्त भा'को
समाधानको बाटो लेख्छु उत्तम शब्द छानिस् भन्छन्

लेख्ने फुर्सद, रहर थे'न, समयले वाध्य पर्‍यो
जसका नाममा लेखें उसले खुल्ला चौरमा तानीस् भन्छन्
 
शान्तीसँग बाँच्ने आधार मैले मागें देशसँग
तैंले माग्दा पाउने तैंले आफुलाई के ठानीस् भन्छन्

दुम्ब:मार्ग,सामाखुशी


गजल – ४६




औकातले भ्याएसम्म, मैले मायाँ गर्छु भन्थ्यौ
जस्तो सुकै भेल पनि, संगै संगै तर्छु भन्थ्यौ

एक्लै छाडी तिमी कुन, दुनियाँमा रमा'कोछौ
तिम्लाई हेर्न तिम्रै घरको, छेवै डेरा सर्छु भन्थ्यौ

अँध्यारोमा रूमल्याई ,पुग्यौ रुग्न कोठीहरु
बेशी बस्न गाह्रो भयो, गाउँतिरै झर्छु भन्थ्यौ 

आशा पनि मर्यो अब, तिमी हिड्ने बाटै बिर्सें
हाम्रो मायाँ छुट्यो भने ,आन्दोलनै गर्छु भन्थ्यौ

नपाउनेले केरा पायौ, बोक्रासंगै खायौ तिम्ले
मलाई पाउन नसकेमा, झुण्डिएर मर्छु भन्थ्यौ ।।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-०६,२१:३७बजे  

गजल – ४५




रातै भरी आँखा खोली, तिम्रो ढोका चियाई रहें
मिर्मिरेमा So} gaf]nL, तिम्रो ढोका चियाई रहें,  
            
छोडेँ भन्थ्यौ kmls{P/ जवाफ तिम्रो लिनै थियो
dgsf] t'gf ;':t vf]nL ,तिम्रो ढोका चियाई रहें  }

जती छोड्छु भन्थेउ तिमी उती रात छिप्पीई रह्यो
मैन बत्ती झैँ रातभरी तिम्रो ढोका चियाई रहें,

दिनभरीको थकाई पछी पानी पिउने प्यास बढ्यो
जुनकिरी झैँ अँध्यारोमा तिम्रो ढोका चियाई रहें,

सिरानीमा शिर अड्याई शान्तीसँग सुत्नु कहाँ
छट्पटिएको मुटु बन्दै तिम्रो ढोका चियाई रहें ।।।।

दुम्ब: मार्ग,सामाखुशी
२०६७-०९-०८,२१:३८बजे 

गजल – ४४




यौटा ईंटा थप्नु थियो तिमीले ला'को गारोमाथी  
मनैभित्र ईच्छ्या जाग्यो पुर्याई देऊ न बिन्ती

तिमीले ल्याएको सिमेण्टमा बालुवा म मिसाईदिउँला
थोरै पानी अरुले नि पुर्याई देऊ न बिन्ती 

नौ इन्चको तिमीले लगाउ चार इन्चको मैले लाउँला
चौध इन्चसम्मको त्यो बनाई देऊ न बिन्ती

भानुभक्त जग बसाल्ने लक्ष्मी पर्खाल उठाउने
तिमी हामी त्यही गारो  उठाई दिउं न बिन्ती

निबन्ध र कथा तिमी कविता म लेखिदिन्छु
नेपाली यो साहित्यलाई उठाई दिउँ न बिन्ती । ।

आनन्द श्रेष्ठ
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-०९, १७: ३८ बजे

गजल – ४३



हिजो राती वाईनले टन्न भा'की रै'छौ
भट्टीबाट घरसम्म धन्न आ'की रै'छौ

गाउँमा कुटो कोदालोले दिक्क बनाएर
सिनेमाको अभिनेत्री बन्न आ'की रै'छौ

मिठो पिठो जे जे थियो गाउँमै ठिकै थियो
हरिया नोठ नपुगेर गन्न आ'की रै'छौ

मध्यरातमा ढलमलिदै ढोका ढकढकायौ
लरबराउँदै शुभरात्री भन्न आ'की रै'छौ ।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-१४,०९:३० बजे

गजल - ४२


धुम्रपानलाई छोड भन्यौ ठीकै लाग्यो छोडी दिएँ
जीवन सिधा मोड भन्यौ भन्या जस्तै मोडी दिए

तिम्रै भरमा हिडि रा'थेँ तिम्रै आड लिई रा'थेँ
ज-जसलाई जोड भन्यौ भन्या जति जोडी दिएँ

जती मैले चिन्या थिएँ बास माग्न आउँथे म'काँ'
नाथे पाते तोड भन्यौ आफ्ना सबै तोडी दिए

अन्धधुन्ध तिमीलाई  नै मैले मायाँ गरी रहेँ
बगरमा गोड भन्यौ पाउँला भनी गोडी दिएँ

अन्त्य एक्लो हुन्छ भन्ने मलाई थाहा काँ थियो र !
ढुङ्गा टिपी फोड भन्यौ आफ्नै टाउको फोडी दिएँ ।।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-१५,२२:३७ बजे