Tuesday, March 1, 2011

गजल – ५०


गाउँदैमा गीत नबन्दो रहेछ,भाव बिलाउनु पर्ने रहेछ 
लाउँदैमा मायाँ नबस्ने रहेछ,मन मिलाउनु पर्ने रहेछ,

बिछोडमा झार्न चाहेथेँ आँसु त,बनावटी कहाँ झार्न सकेँ र !
चाहँदैमा आँसु नझर्ने रहेछ, पिल-पिलाउनु पर्ने रहेछ

तिमीसँगै जान चाहेर पुगेन, साथ लैजानले चाह नगर्दा
बहदैमा डुङ्गा नतर्दो रहेछ,प्वाल सिलाउनु पर्ने रहेछ,

झुकेरै म बोलेँ चिच्याउन चाहिन,तिम्रो कुरा सुन्न चाहँदा
निहुरेर मात्र नहुने रहेछ,शिर चिलाउनु पर्ने रहेछ,

टुक्रिएर मुटु सिसा फुटे सरि भो,छाती मकै पोलेको जस्तै
छिया छिया बनाएर पुगेन नि ! थिल-थिलाउनु पर्ने रहेछ ।

२०६७-११-११,०७:१५ बजे

No comments:

Post a Comment