Saturday, November 12, 2011

गजल ‍- ८५

आज भोली हल्लाहरू निराधार सुन्दैछु म
पुरुषले पाउनु पर्ने अधिकार सुन्दैछु म,

महिलाको हक हित गर्ने धेरै सँस्था भो रे
लोग्ने माथी भै रहेको तिरस्कार सुन्दैछु म,

कै'ले माथी प-यो भनी कै'ले घरै छोड्यो भनी
लोग्ने मान्छे हेपिएको लगातार सुन्दैछु म,

कै'ले अँश चाहियो र ! कतै आधै चाहियो रे !
माग पनि आजभोली निराकार सुन्दैछु म,

मायाँ गर्ने दाजुभाइ छुटाएको सुन्दैछु म
पतिमाथी लगाएको उपकार सुन्दैछु म ।।

२०६७-१२-०९,०८:२८ बजे

No comments:

Post a Comment