Saturday, November 12, 2011

गजल-७६

तिमी बिना बाँची रहन, लाउने कुनै बुटी भएन
आँट गर्न गाह्रो भयो,भगाई लाने हुती भएन ।।१।।

मायाँलुको मायाँ लिने भाग्य मेरो यस्तै रै'छ
समर्पित हुनै प-यो,एकापसमा छुटी भएन ।।२।।

तिम्रो-मेरो,मेरो-तिम्रो,ठुलो मनको बगैँचामा
मेरो लागि शिर छोप्ने दुनियाँमा कुटी भएन ।।३।।

एक थुकी सुकि हो रे ! सय थुकि सागर पो
मिलिजुली बाँच्नै प-यो,नमिलेर फुटी भएन ।।४।।

निरन्तर बगीरह्यो,दिलभित्र छट्पटि यो
"आनन्द"ले रोक्छु भन्दा,रोक्ने कुनै टुटि भएन।।५।।

२०६७-११-२९,१७:३० बजे

No comments:

Post a Comment