Saturday, November 20, 2010

हात्ती आयो हात्ती आयो फुस्सा !!

भनेकै थिए विश्वाश छैन तिमीबाट केही पाउने
हात्तीबनको छलफलबाट गांठी कुरा बाहिर आउने
धेरैले तिम्रो पछाडी बसी आश गरी बस्याथे
समाचार शुभ सुन्नलाई सबै हात्तीबन पस्याथे

हात्ती न पर्यौ जे जती खाए अघाउन सक्दैनौ
देखाउछौ एउटा त्यो भित्री दांत देखाउन सक्दैनौ
आफ्नै भन्नेलाई संबिधान तिमी लेखाउन सक्दैनौ
यो देशमा तिमीले स्थायी शान्ती टेकाउन सक्दैनौ

माथि छ तिम्रो रिमोट कन्ट्रोल त्यहीबाट चल्दैछौ
कहिले दक्षीण कहिले उत्तर हतारमा गर्दैछौ
आबेशमा आई जुत्तैले तिमी अतिथी लखेट्छौ
आईसक्या शान्ती नदेख्ने गरी क्षीतिजमा घचेट्छौ  

तिमीले गरेका एकांकी नाटक त्यो सब चुस्स भयो
तिम्रा थिए पछी आश गर्ने ठुलै जमात सब ठुस्स भयो
आशा थियो के तिमीले दिने त्यो सबलाई छुस्स भयो
लौ आयो हात्ती लौ आयो हात्ती त्यो सब फुस्स भयो ।।।
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०७-२३, ०९:१२ बजे
काल्पनिक हात्ती

1 comment:

  1. http://chukuprakash.blogspot.com/2012/07/blog-post_7427.html
    I like it please visit this page

    ReplyDelete