Saturday, November 12, 2011

गजल - ८०

बर्ष दिनमा फर्किएको होली हेर्न मन लाग्यो
भिजाएर तिम्रो जिउको चोली हेर्न मन लाग्यो,

रिस राग सबै त्यागी रंग दली रमाएर
ईन्द्रेंणीका सातै रंग घोली हेर्न मन लाग्यो,

ताक्छु कता लाग्छ कता भुल भए माफ गर
तिम्रो लोला भरिएको झोली हेर्न मन लाग्यो,

बाजाघाजा बजाएर टोल टोल घुमी हिड्ने
फागु दल्दै रमाएको टोली हेर्न मन लाग्यो,

आजसम्म नबोलेर आँखा तर्दै हिड्थ्यौ तिमी
लोला हान्दै तिमीसँग बोली हेर्न मन लाग्यो

बेलुनमा पानी भर्दै आँखा यता झिम्काएर
मेरो दिलमा लाग्या तिम्रो गोली हेर्न मन लाग्यो,

कस्तो रै'छ कहाँ रै'छ तिम्रो जिउको बन्दुक त्यो
तिमीलाई समाएर खोली हेर्न मन लाग्यो  ।।

२०६७-१२-०५, ११:४५बजे

No comments:

Post a Comment