Friday, November 19, 2010

जे होस् गयौ

दोषी बनाइ गयौ
बिष पिलाई गयौ
चन्चल यी नयनमा
आसुँ बगाई ग,
उषाकालको किरणसंगै
बिष पिलाई दियौ
निर्दोष हातले आफ्नै गर्दन
कस्न लगाई गयौ,
मुटु जलाई गयौ
अधम बनाई गयौ
आफु खुशी भै मलाई
उदास बनाई गयौ,
टुक्रिएको मुटुभित्र
रुप त्यो छपाई गयौ
को हो आफ्नो को हो पराई
सबै सम्झाई गयौ ,
आशा देखाई गयौ
खुशी जलाई गयौ
टुशारुपी आशा भांची
निराश बनाई गयौ,
चुरोटको धुवांसंगै
रम्न सिकाई गयौ
मदिराका प्यालाभित्र
रम्न सिकाई गयौ,
शिर झुकाइ गयौ
पिर थमाई गयौ
धुजा धुजा मुटु पारी
पर्दा लगाई गयौ ।।


२०४७-०५-२५
रसुवा,धुन्चे