Saturday, November 12, 2011

गजल -७०

तिम्रै सामु बास बस्न, फूलै फूलको बारी दियौ
टाढा थियो मन तिम्रो, मेरै सामु सारि दियौ,

दु:ख पीडा जे जे थिए,तिम्रो अघि लुकी दिन्थे
बेदनाका भावहरु, खोलापारी तारि दियौ,

काँढा बिझ्यो,खिल पल्ट्यो,चस्स चस्स घोचिरह्यो
काँढालाई भुईँ झर्ने, विवशतामा पारि दियौ,

कति पल्ट जित्न खोजेँ,अभागी यो जित्थ्यो कहाँ
मेरो जितमा खुशी हुन,जानी जानी हारि दियौ,

सँगै बस्ने मन थियो,तिम्ले ईच्छ्या मारि दियौ
टाढै बसी मेरो चाह,हाँसी हाँसी टारि दियौ ।।

२०६७-११-२५,२१:३० बजे

No comments:

Post a Comment