Tuesday, November 30, 2010

भेटिनु छुटिनु र जीवन

सपनीमा मलाई तिमीले सधैंभरी भेट्छौ होला 
बिपनीमा तिमीसँग बिताउने पल भएन


मलाई सम्झी तिर्सना त्यो तस्बिर हेरी मेट्छौ होला 
तिमीलाई चोखो बनाउने यहाँ कुनै जल भएन 


मसँग त्यो दाँजीने कोही नभेट्दामा चेत्छौ होला 
दोषी देख्ने नजर त्यो पिनी दिने खल भएन  


भेट्नु छुट्नु रित भनी तिमी जीवन देख्छौ होला 
बनी बनाउ भत्काउने मनमा कुनै बल भएन ।। 


२०६७-०८-१४,२३:२१ बजे 
दुम्ब:मार्ग,सामाखुशी  

Monday, November 29, 2010

के के हुँदैछन्

जुवा खेल्दैछन्
दु:ख झेल्दैछन्
सुख पेल्दैछन्

हिटर बल्दैछन्
मिटर चल्दैछन्
छाती जल्दैछन्

धन साँच्दैछन्
मन भाँच्दैछन्
पिर गाँज्दैछन्

आफ्ना रुवाउँदैछन्
पराइ खूवाउँदैछन्
साईनो कुहाउँदैछन्

डेरा सार्दैछन्
डाँका मार्दैछन्
टोल चाहर्दैछन्
    
हुने ढाँट्दैछन्
नहुने बाड्दैछन्
लोभि चाट्दैछन्

मायाँ लाउदैछन्
गीत गाउँदैछन्
साथ पाउँदैछन् ।।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-१३,२२:२७ बजे

Friday, November 26, 2010

कस्तो चाल

ह्रिष्ट पुष्ट देख्या थिएं खुशी देख्थें तिम्रो जोडी
राम्रै लाथ्यौ सुनको औठी अगेनोमा गाल्यौ किन

लस्कर त्यो गाडी तिम्रा नोकर चाकर सबै छोडि
पाउने छैनौ जान्दा जान्दै लाख बत्ती बाल्यौ किन


सिधै गए सफल थियौ अन्तै गयौ जीवन मोडी
एक जोकरले बाजी थियो जोकर थुती फाल्यौ किन

नजानुथ्यो अन्त कतै पवित्र त्यो नाता तोडी
भुमरीमा नजानुथ्यो जानेरै फाल हाल्यौ किन

बस्नु पर्‍यो घाट छेउ यो जाडोमा घैला फोडी
सबैलाई रुवाउने त्यो अद्रिश्य छल चाल्यौ किन

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-११,१२:१६ बजे

तिमी नहुँदा

दुई दिन मात्र के भएथ्यो सङ्सर्ग तिम्रो नपाएको 
उन्माद यी यौबनका के बिधी मभित्र छाएको 
भविष्य देखाउने यी हातका रेखाहरु मेटाउदै 
उन्माद मेटाउने उच्चतम गन्तब्य मभित्र भेटाउदै

सोचेर सम्झेर बितेका रँगिला साँझहरु मनमा
शरीरका कोष कोषमा सन्चयन उमंग तनमा 
फुल भन्यौ तिमीले फुललाई मैले नै फुल्नेलाई फुलाएँ 
भुल भन्न मात्र के खोज्याथ्यौ सतर्क भएर डुलाएँ 

कालो र निलो बादल झरी त्यो साउन बिर्साउने
भविष्य डोर्याउने सम्झेर क्षण क्षणमा मलाई नै तर्साउने 
गुलाफी मेरा यी मुहार बनाएँ रक्ताम्य क्षणभरमा
 पचाउन नसकी रहेका बिषवमन बाहिर जमिनमा

तिम्रो त्यो कोमल शरीर पाउन यसलाई ढुकाएँ 
गोप्यता भँग हुने त्रासमा अन्ध्यारो कुनामा लुकाएँ 
ढल्दै गयो आशा सोचेका क्षीण क्षीण यो बन्दै गयो 
जोशले सम्हाल्न नसकी आँफैले आँफैलाई सुकाएँ ।।।।

दुम्ब:मार्ग,सामाखुशी २०६७-०८-०९,०८:५९ बजे

    


Thursday, November 25, 2010

तिमीलाई मेरो शुभकामना

बेहोसी भै लड्छु कि त म तिमी सधैं साथै हुनु
मैले केही दाग लगाइदिए त्यो तिम्रो मायाले धुनु

तिम्रो साथ यहाँसम्म आएँ अझ कती छ कती छ जानु अघी
साथ तिम्रो पाइन्जेल आँफै जाने रहेछ दु:ख जती यसै बगी

एकाबिहान तिम्रो नजरले पुरै दिन मेरो उज्यालो बनाउँदछ
हरेक पाइलामा तिम्रो साथले मेरो जीवन सफल जनाउँदछ

तिम्रो मायाँ मेरो लागि ग्रिष्मको शितल छहारी भयो
मैले केही दिन सकिन दु:ख सिवाय मनमा यसैको पिर रह्यो

तिम्रो आज जन्म दिन हो यो खुशीयाली कसरी मनाउने हो
सम्झदै छु कसरी तिमीलाई जिन्दगीभर सुखी बनाउने हो

तिम्रो रहोस् जिन्दगी सधैं तिमीले चाहे जस्तै
पुगी रहोस् यसरी नै सधैं तिमीले मागे जस्तै

दाइने रहुन ईश्वर सबै तिम्रो रक्षा गरी रहुन
तिम्रा अघी सबै झुकेर तिम्रै बशमा परि रहुन

फुलोस फलोस तिम्रो जीवन यसरी नै यही छ मेरो चाहना
निरोगी भै सयौं बर्ष बाँची रहनु यही नै छ मेरो शुभकामना ।।


दुम्ब:मार्ग ,सामाखुशी
२०६७-०८-०९,००:०० बजे    
(मेरी प्यारी अर्धाँगिनीलाई जन्म दिनको शुभकामना )

Wednesday, November 24, 2010

किरण भयो महाकिरण

किरण पनि
फेरी त्यहीं पुगेको छ

जहाँ
हल्ला छ बनेको भन्ने
"महाकिरण अस्त्र"
जसले
सेतो घर भत्काउन सक्छ रे
जसले गंगा रोक्न सक्छ रे
आफ्नै घर बसी बसी
अस्ती
आफ्नै यन्त्रमा
घरैबाट घुयात्रोले
हिर्कायो रे
तर्साएर अरुलाई
गल्ती भएछ भन्यो रे
तर तिमी नरोक किरण
तिम्रो त्यो शिक्षाको किरण
तिमीले थुप्रै असहायको
गर्नु छ सेवा यो देशमा
एक छाक खान नसकेकाको
छाम्नु छ नाडी तिमीले
एक त्यान्द्रो वोढ्न नसकेकाको
जाँच्नु छ पेट तिमीले
न आउनु एक्लै तिमी यहाँ
ल्याउनु साथी सबैलाई
मेरो भो निम्तो यही नै
भन्दिनु यो कुरा सबैलाई ।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-०८,१७:३४ बजे  

Tuesday, November 23, 2010

खतरा म कि को ??!!

म कसरी खतरा ?!
म राजदरबारमा जन्मिएको होइन
जहाँ
सारा राजपरिवारको अन्तेस्ठिमा
मेरो परिवारलाई बचाउन सकुं
न म
१० बर्ष
जंगल राज गरेर आएको हुँ
न म
चितवनको माडीमा
३ बर्षको बच्चा सहितको बस
एम्बुसमा पारेको बहादुर हुँ
न म
भक्तमानलाई महिनौ दिनसम्म
कैद गरी राख्न सक्ने र
दोष अरुलाई
थोपर्न सक्ने नेता हुँ
न म
आफु राष्ट्रपती बन्ने लोभमा
राजतन्त्र नै दाउमा लगाउन सक्ने
गणतन्त्रबादी राजनेता (??!!) हुँ
न म
बिना लाइसेन्स
सवारी चलाऊने
माइक्रो ड्राईभर हुँ
जसलाई ट्राफिकले
जमलमा लाइसेन्स माग्दा
माईक्रोमै थुनेर
चाबहिलमा छोड्न सकोस
न म
ट्याक्सी ड्राईभर हुँ
जसले
ब्रेक थिच्दा र हर्न बजाउंदा
मिटर घुमावोस
न म प्लेनको पाइलट
जहाँ
एअर होस्टेजसँगको मोजमा
सारा यात्रुको ज्यान लिन सकुं
न म
"घैंटे कुमार"
न म
धादिङे "चरी"
न म "दिपक मनाँगे "
न म "दाउद"
म कसरी खतरा ?!!
म त साधारण
नेपालीको छोरो
अनी नेपालीकै श्रीमान
अनी नेपालीकै बाउ
फेरी मेरो कामले पनि कसरी खतरा ??!
म त पानीमा काम गर्ने मान्छे
पानी !
बिकल्प रहित पदार्थ
हावाको बिकल्प
साइकलमा हावा हाल्ने पम्प हुन सक्छ
तर पानी ??!!
म पानी नपाई
तड्पिएकोलाई बचाउने मान्छे
न म डाक्टर हुँ
जसले जिउदै मान्छेको
मुटु काट्न सकुं
बरु
डाक्टर खतरा ??
मरेकोलाई बचाउने
र कहिले काही
बांचेकोलाई अनाहकमा मार्ने ।

दुम्ब: मार्ग,सामाखुशी
२०६७-०८-०७,२३:२४ बजे
 

Monday, November 22, 2010

मान नमान मे तेरा मेहेमान !!

यो कस्तो संसार
उमेरै हुन किन पर्ने रहेछ र ??!!
बिहे गरेकै एक दिन भएको छैन
अनी बुढो ??!!
हे दैब !!
यो के भयो ??!!
सुशिल दा उता यो उमेरमा नि
युबा नेता
देउवा जी ??!!
सुशिल दा भन्दा नि कान्छो
अनी म ??
कती बिस कान्छो कती बिस कान्छो
देउवा जी भन्दा पनि !!
म त नबालक !
हैन
म त शिशु भर्खर जन्मिएको
हाम्रा युबा नेताको बिचमा
तर कसरी बुढो ??
बुढीको त श्रीमान हुनु पर्ने हैन र ??!!!!
शिरमा मानेर राख्नु पर्ने,
तर बुढी ?
उनी कसरी बुढी ??!!!
म श्रीमान भएपछी
उनी पनि त श्रीमती हुनु पर्ने नि !
तर शिरमा मती भएकी हुन कि होइनन
मती भए श्रीमती
नभए दुर्गती !
अनी मलाई उनले मान्ने भए न श्रीमान
नत्र
मान  नमान मे तेरा मेहेमान !!


दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-०६,२२:१७ बजे

Sunday, November 21, 2010

हिरो नम्बर वान

फेरी एउटा आयाम थप्यौ नेपालीलाई चिनाउने
नेपाली हुँ भनी आफ्नो शिर माथि उठाउने
विश्वभरका प्रशंसकले तिमीलाई माया गर्‍यो
जिम्मेवारी थपी अझै सफलता दिलाउने

यती धेरै खतरालाई जीवनमा मोल्यौ तिमीले
नेपाली त्यो गरीब नारी बचाउन बोल्यौ तिमीले
लुकाएका भगाएका देशभित्र ल्यायौ अनी
बचाएर राख्न तिनीलाई संस्था पनि खोल्यौ तिमीले

आमा बन्यौ दिदी बन्यौ गरी भलो सहारा बन्यौ
दुष्टलाई सधैंभरी घोची रहने कांढा बन्यौ
पायौ तिमीले पुरस्कार त्यो काम तिम्रो चिनाउने
बिश्व सब नतमष्तक भो हिरो नम्बर वान बन्यौ ।।


दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-०५,२२:४९ बजे








खेल हो या झेल

समयको खेल भन
या
जीवनको झेल भन
बज्रपात भयो यसरी
भयो जे भयो
त्यो पर्दो रहेछ सहन,
न मेरो थियो दोस कुनै
न थियो अरु कसैको   
बज्रपात भयो यसरी
भयो जे भयो
त्यो पर्दो रहेछ सहन,
हासी खुशी बसेको छु अझै
मृत्‍युले छोड्यो जिस्काउन
बज्रपात भयो यसरी
भयो जे भयो
त्यो पर्दो रहेछ सहन ।
२०६७-६-२  साँझ ६:२५ ,
      दुम्ब:मार्ग,सामाखुशी
( म सागर  र बासु जती त लेख्न जान्दिन तर प्रयास गर्दैछु )

जीवनका पाइलाहरु कता कता कता कता

जीवनका पाइलाहरु कता कता कता कता 
खुशीका पलहरु खोजी हिड्छु कता कता
खोजी हेर्छु पाउछु भनी यता उता यता उता
जता हेर्छु उस्तै देख्छु यता उता यता उता

पाए जस्तो हुँदा खुशी भागी हिड्छ कता कता
दौडि दौडि जान्छु उतै खुशी हुन्छ जता जता
लुका मारी खेले जस्तो तिमी उता म यता
सपना झै देखे जस्तो बिपनामा कता कता

तारा झैं उडु उडु लाग्ने आकाशमा कता कता   
माछा झैं बगुं बगुं लाग्ने समुन्द्रमै कता कता
बादल झैं उडी जाने खुशी मेरो उतै उता
पानी झैं बगी जाने मेरो रहर उतै उता

श्राप

कसको श्राप यो शिरमा आज पारी गयो
हाँसी खुशी बाच्ने रहर अब मरी गयो
मान्छे बन्न नजान्ने म
देउता बन्ने रहर गरेछु
त्यही रहरमा आज आँफै
जिउदो लाश भै त्यसै मरेछु

कसको श्राप यो शिरमा आज पारी गयो
हाँसी खुशी बाच्ने रहर अब मरी गयो

मैले यहाँ रोइ हेरें
हासी हेर्ने मौकै भएन
मैले यहाँ मरी हेरें
बाँची हेर्ने कुरै भएन

कसको श्राप यो शिरमा आज पारी गयो
हाँसी खुशी बाच्ने रहर अब मरी गयो

जनता बन्न नजान्ने म
राजा बन्ने कोशीस गरेछु
त्यही रहरमा आज आँफै
जिउदो लाश भै त्यसै मरेछु

कसको श्राप यो शिरमा आज पारी गयो
हाँसी खुशी बाच्ने रहर अब मरी गयो

२०६५-१२-०२ दुम्भ मार्ग,सामाखुशी           
ब्रेन ट्युमरको अप्रेसन पछी


जे हुन्छ हुन्छ नेपाल फर्के हुन्छ

जे हुन्छ हुन्छ तिमी नेपाल फर्के हुन्छ
तिमीलाई त्यहा गाह्रो हुँदा हाम्रो मन रुन्छ

तिम्रो यहाँ सबै थोक छ कमी केही छैन
केही नभएर तिमी त्यता गएको नि होइन,

केही होला कि भनी तिमी देश छोडि गयौ
देश छोडेको भोलीपल्टै घरको यादले रोयौ

तिमीलाई यहाँ के भा'थ्यो र देशै छोड्नु पर्ने
हामीलाई मात्र सोच्नु पर्ने बांच्ने हो कि मर्ने

अहिले नि क्यै भा'छैन देश फर्की आउ
यही देशमा राख्नु पर्छ तिमी हाम्ले नाउ

उमेर तिम्रो क्यै गा'छैन आजकालकै ठिटो
सकेको दिन मिठो खाउँला नसकेमा पिठो


२०६७-०६-१२ राती ११:०० बजे 

आफ्नो मान्छे

कस्तो चौडा छाती तिम्रो साह्रा दु:ख भुलाउने
अरु खुशी बनाएर आफ्नो दु:ख लुकाउने

च्यातिएको सम्बन्ध नि हाँसी हाँसी टाल्न खोज्छौ 
अरुलाई हँसाएर आफुलाई बाल्न खोज्छौ

कस्तो चौडा छाती तिम्रो ...............
अरु खुशी बनाएर ...................

सिसाको घरभित्र बसे फुट्ला भनी शान्त हुन्छौ
अधरहरु मुस्कुराए नी मनमनै खुबै रुन्छौ

साह्रा बिहान जिन्दगीको सुरुवात बनाउछौ
अघिल्लो रात छाल चलेको समुन्द्रमै खनाउछौ

कस्तो चौडा छाती तिम्रो ...............
अरु खुशी बनाएर ...................

२०६६-८-४ दुम्ब:मार्ग,सामाखुसी

मेरो असमण्जसता

बोल्दा बोल्दै शब्दहरु सकिएर बोल्नै सकिन
सोच्दा सोच्दै मस्तिस्क नै पात भएको ज्ञात भएन

थुप्रै भुल भएपछी नि गल्ती भएको ख्यालै भएन
यो मस्तिस्कमा सोच्ने होश अब एक रत्ती रहेन

बोल्दा बोल्दै शब्दहरु .................
सोच्दा सोच्दै मस्तिस्क ...............

कुर्दा कुर्दै चैत्रबाट फाल्गुन लागेको थाहै भएन
हाँस्दा हाँस्दै आँखाबाट अश्रु बगेको यादै भएन

हिड्दा हिड्दै ठेश लागेको आँखाले नि देख्नै सकेन
टाढीएछ जीवन किन मैले थाहा पाउन सकिन   

बोल्दा बोल्दै शब्दहरु .................
सोच्दा सोच्दै मस्तिस्क ...............

२०४७-०३-२१ धुन्चे रसुवा

अनाहुत गए भैहाल्छ नि

अन्तस्करणकी रानी मेरी अनी
अनिबिग्न तिमी थियौ
अन्तर्बेदना सुनिदिन्थ्यौ तिमीले मेरा
अन्यमनस्क बनाइदियौ
अनश्वोर हुन्छ हाम्रो प्रेम भनी तिमीले पनि त भन्याथियौ
अनुग्रह कत्ती नगरी आज तिमीले
अकन्टक फुल बनाइदियौ
अझ उपहार कुनै दिन नसकेपनी
अन्जुलीभरी माया दिए झैं लागेको थियो
अत्याज्य प्रिया तिमी मेरी तर
आफु नै अधम जस्तो लागेको थियो
अनिस्ट भए तिमीलाई म
अंगिकार नगरे भैहाल्छ नि
अनुगामी प्रेमी चाहिने भए तिमीलाई
अनाहुत गए भैहाल्छ नि !!
- २०४७-०५-१० , सामाखुशी        
(अ बाट बनेका शब्दहरुको प्रयोग )

आउन अली ढिलो भयो

आमा -
बिदेश गईस तैले बाउको माया गाली खाइनस
अन्तिम पटक बाउलाई हेर्ने तैले मौका पाइनस
अली छिटो आ'भए तैले बाउलाई हेर्न पाउथिस
तँ आ'भए तैले बाउलाई जसरी नि बचाउथिस्
अन्तिम साससम्म तँलाई बाउले बोलाइराथ्यो
तँ आउछस र बोल्छु भनी आँखा टोलाइराथ्यो
तँलाई देखी एक्कासीमा धुरुधुरु रोएं
तेरै लागि मैले तेरो बाउको शव छोएँ
बिदेशमै था'पाएर धुरुधुरु रोथिस
बगाएर अश्रुधारा सम्झनालाई धो'थिस
जे हुनु भो भैगो छोरा मनलाई स्थिर बना
ठुलो मान्छे बनाछन् बाउले ठाडो शिर बना
छोरा -
हेर आमा मैले पनि बाउलाई सम्झीराथें
त्यसैले त हतार गरी स्वदेश फर्कीराथें
बिरामी त्यो बाउलाई मैले त्यसै छोड्या हैन
बिदेश गई ऋणै तिरें अरु जोड्या छैन
भो भो आमा नरोउ अब जे हुनुथ्यो भैगो
नदेखे नि ईश्वरले बाउलाई स्वोर्ग लैगो । । ।

मिती :- २०६६-०८-१५ ,गोकर्ण
( माथि लेखिएका शब्दहरु आदरर्णीय दाजु श्री सञ्जय थापा ज्युको अमेरिकाबाट बाबाको स्वोर्गारोहण भै एअरपोर्टबाट घर पुग्दा आमासँग म आफै सञ्जय दाई भएको सम्झिएर स्थलगत लेखिएको काल्पनिक कबिता हो ,यसबाट कसैलाई असर पार्ने उधेस्य मेरो होइन तर पर्न गएमा क्षमा  चाहन्छु । )          

Saturday, November 20, 2010

मै बस्छु भो यो देशमा

मै बस्छु भो यो देशमा नबोलाए हुन्छ कतै
दु:ख बाहेक केही सुनिन बिस्वोमा जताततै
डाँडा पखेरा हरियो बन तिर्नु पर्दैन हेर्नलाई
स्वोच्छन्द हावा बगीरहेछ गाह्रो छैन फेर्नलाई
कोही आए आफ्नै पनि यहाँ सकिन्न रे ढोकामै लत्याउन
आफ्नै दाजुलाई पनि सकिन्न रे त्यहां हजार डलर पत्याउन
आफ्ना हुने जती खेर सबै आफ्नै काम गरिदिन्छ
भोकभोकै बसेर पनि त्यसले आफ्नै लागि मात्र मरीदिन्छ
तिम्रा लागि मर्न पनि कती चोटि मरी दिनु
तिम्रा खुशी आए अब चटक्क मुन्टो बटारिदिनु
दाशी हुन सक्दिन भो गोरो छाला अघी झुकी
चोरेर क्यै लुकाएझै हिंड्न सक्दिन लुकी लुकी
तिमीले के दियौ र खै तिमी हामीलाई घुर्क्याउछौ
तिमीलाई दु:ख पर्ने भो अनी मात्र हामीलाई फुर्क्याउछौ
तिम्रा घुर्की तिमी राख दौडिन्न म पैसाको रेसमा
तिमी गर भो जे गर मै बस्छु भो यो देशमा ।।।

२०६७-०६-२७,दुम्भ मार्ग,सामाखुशी


छाल चल्यो त्यो सागरमा

कुन बेगले ल्यायो हुरी अनन्त बगेको सागरमा
कसले हान्यो बम अनी आयो सुनामी सागरमा
वारी किनार पारी किनार छछल्कियो त्यो छाल अनी  
आनन्दित थियो तर अब छाल चल्यो त्यो सागरमा

पिडा दु:ख सुख बेदना पोखाउथे सागरमा
शान्त निलो गहिरो थियो सबै डराउथे सागरमा
वारी किनार पारी किनार छछल्कियो त्यो छाल अनी  
आनन्दित थियो तर अब छाल चल्यो त्यो सागरमा

डुंगा जहाज दौडाउथे सतही त्यो सागरमा
यो देशबाट त्यो देशमा गरी हिड्थे सागरमा
वारी किनार पारी किनार छछल्कियो त्यो छाल अनी  
आनन्दित थियो तर अब छाल चल्यो त्यो सागरमा

पौडि हान्थे हिरा खोज्थे गहिराइको सागरमा
पानी लिन्थे नुन लिन्थे सतहको सागरमा
वारी किनार पारी किनार् छछल्कियो त्यो छाल अनी  
आनन्दित थियो तर अब छाल चल्यो त्यो सागरमा

(पुण्य सागरले देश छोडि बिदेश गएर पोखेको तिक्तताको सम्झनामा )
२०६७-०६-३० नवमी ,दुम्भ मार्ग साँझ ०६:१५ बजे   

रातो टिको

रातो टिका लगाएर निधारमा
लगाइ अरुलाई अनी
दुर्गा माताले महिशासुरलाई मारेको सम्झनामा
राखेर कानमा जमरा पनि
कस कसले कस कसलाई मारे
सम्झना ताजै छ अझै पनि
सुनसान काठमाण्डुको सडकमा
निधार थाप्दै हिंडे चुपचाप
मृत लाश झै बनी
कती दिनको नौटन्की हो खै !
अहिलेको शान्ती पनि
छोडे देश सबै साथीहरुले
अब त हुँदै भएन भनी
आषिस थापे हुँदै नहुने
गर्नै नसकिने पनि
"सर्ब सुखी भव:"
"ठुलो बनेस"जान्दै नजाने पनि
कट्कटिदा नोठहरु बाडें नकमाए पनी
ठुलो भै छोरा छोरीले पाल्लान् कि मलाई भनी
रातो टिको कती शक्ती छ यसो हेर्दा अनी
बिजयी हुने योद्धाहरुले लगाउने यसलाई पनि
२०६७-६-३१ ,दुम्भ मार्ग,सामाखुशी