Saturday, November 12, 2011

गजल-७७

के के तिमी देखाउँछौ खोली हेर्न मन लाग्यो
सपनी कि ! बिपनी यो !! पोली हेर्न मन लाग्यो,

जमाना यो कस्तो आयो !? गुनै गर्न नहुने भो
बैगुनीलाई गुनै गुनले मोली हेर्न मन लाग्यो,

आँसु बग्दा दु:खी हुन्छु,खुशी हुँदा बग्छ भन्छौ
त्यै आँसुमा पीडा थपी,घोली हेर्न मन लाग्यो,

दिन्छु भन्थ्यौ साथ तिमी,अर्कैसँग डुली हिड्छौ
मेरो मायाँ कुल्ची जाने,डोली हेर्न मन लाग्यो,

आफ्नो हुन नसके सी,अरुको के मायाँ भो र !
रगतले रङ्गीएको,होली हेर्न मन लाग्यो ।।

२०६७-१२-२,२२:५७ बजे ।

No comments:

Post a Comment