Saturday, November 12, 2011

कविता : मलाई बम हान्नु छ ।

धेरै गाह्रो भयो
सकिन अब
कुनै उपाय छैन
हर सम्भव प्रयासहरू
नियालेर हेरेँ
कुनै त्यान्द्रो बाँकी छैन आशाको
जति गरेँ
सबै निस्प्रभावी रह्यो यथार्थमा,
क्षणिक सुखमा डुबेका छन् मान्छेहरू
मलाई लामो जिन्दगी चलाउनु छ,
मलाई सुख चाहिएको छैन
मलाई एक मुठ्ठी सास फेर्न पाए पुग्छ,
मलाई घामको न्यानो चाहिएको छैन
मलाई अन्धकार नै ठीक छ,
सोच्छु,
उज्यालो नै नभएको दिन र रात
कस्तो हुन्थ्यो होला,
मेरा सबै काम त्यतिखेरै हुन्थ्यो
म हर्षले गदगद हुन्थेँ होला,सायद !!
मेरा परिवार खुशी हुन्थे
मलाई कसैले देख्दैनथे रातमा,
मैले लेखेका गीत
मैले कोरेका गजल

मेरा कविताहरूले मलाई नै
सन्तुष्टी दिएको छैन,
मैले सरल उपाय खोजेकै हो
तर खै त !!
मैले खोजेका शब्दहरू शब्दकोषमा ??!!
हो मलाई बम हान्नु छ,
पत्थरको बीचमा
लुकेर बसेको हिरा झैँ
नयाँ शब्द खोज्नको लागि
मलाई
शब्दकोषमा बम हान्नु छ ।


२०६७-१२-२२,१६:५४ बजे

No comments:

Post a Comment