Thursday, December 30, 2010

गजल

धुम्रपानलाई छोड भन्यौ ठीकै लाग्यो छोडी दिएँ
जीवन सिधा मोड भन्यौ भन्या जस्तै मोडी दिए

तिम्रै भरमा हिडि रा'थेँ तिम्रै आड लिई रा'थेँ
ज-जसलाई जोड भन्यौ भन्या जति जोडी दिएँ

जती मैले चिन्या थिएँ बास माग्न आउँथे म'काँ'
नाथे पाते तोड भन्यौ आफ्ना सबै तोडी दिए

अन्धधुन्ध तिमीलाई  नै मैले मायाँ गरी रहेँ
बगरमा गोड भन्यौ पाउँला भनी गोडी दिएँ

अन्त्य एक्लो हुन्छ भन्ने मलाई थाहा काँ थियो र !
ढुङ्गा टिपी फोड भन्यौ आफ्नै टाउको फोडी दिएँ ।।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-१५,२२:३७ बजे