Tuesday, February 15, 2011

गजल -३५


नछोई तिमीलाई चित्त किन ? बुझ्दैन आजभोली    
नसुनी तिमीलाई केही किन ? रुच्दैन आजभोली,    

चुर्लुम्मै डुबाउँदा पनि मन, डुब्दैन किन कुन्नि !    
सम्झाई बुझाउँदा पनि किन ?सुझ्दैन आजभोली,    

बगाई मनबाट आँसु  दु:ख,पखाल्ने चेष्टा गर्छु       
नयन मेरै रुझ्छ तिम्रो किन ?रुझ्दैन आजभोली,   

मुस्काई दँग भई मुटु साटी,रिझौने आश गर्छु       
लुछिन्छ मेरै मात्र तिम्रो किन ?लुछ्दैन आजभोली ।।

२०६७-११-०३,११:४५ बजे

Sunday, February 13, 2011

गजल-३२


तिमी आयौ बहार आयो
सारा गाउँ शहर आयो,

मुस्कुरायौ मुस्कान छरी
छल्की दिल्मा लहर आयो,
छेउ बसी छोयौ के यसै
शिर पाउमा जहर आयो,

तिम्लाई जस्तै मलाई नि
सँगै बस्ने रहर आयो,
लगनको नहर आयो
बिहे गर्ने ठहर आयो ।।

२०६७-१०-२९,२३:२० बजे 

गजल -३३


बिश्वासघात भुलौँ आज
मायाँ प्रेममा घुलौँ आज

रिस राग ति सबै त्यागी
मनै मनमा खुलौँ आज,

झोक्रिएका अतित फ्याँकी
प्रफुल्लित भै फुलौ आज,

तिमी बिर्स म बिर्सिन्छु
एकापसमा झुलौँ आज

तिमीले मेरो मैले तिम्रो
हात समाई डुलौँ आज ।।

२०६७-११-०१,२०:०० बजे
१३ फेब्रुअरी २०११

Friday, February 4, 2011

गीत : भेट्न कती गारो


खोजी हिडेँ तिमीलाई, सँसार नै सानो भयो
तिम्रो लागि मुठ्ठीभरको, मेरो लागि मानो भयो,

तिमीलाई भेट्नलाई, किन यती गारो भयो
तिमी बिना अँध्यारो भै, बाँच्न अप्ठ्यारो भयो
बैरी भए मेरा सबै ,सँसार नै त्यागी हिडेँ
तिम्लाई पाउन धाई धाई, मन्दिरमा मागी हिडेँ,

रोजी हिँडे तिमीलाई, तिमी भयौ पर पर
तिमी भन्छ्यौ आश गर,तर मेरो भर नपर

तिम्रो मायाँ मुटुभित्र, यती सारो गाढा भयो
तिमीलाई खोजी हिडेँ, छायाँ पनि टाढा भयो
दु:खसँग साथै हिडेँ, छोड्ने दिन स-या छैन
तिमी लाई पाउने आशा, अझै पनि म-या छैन ।।
२०६७-१०-२१,२३:५८ बजे


गीत : श्राप भो तलाईँ


जसले पनि यो छातीमा दु:ख मात्र खनाउँछ
कुन पापीले कष्ट गरी तेरो भाग्य बनाउँछ

जहाँ जान्छस्, तेरो शरिर, थप्थप कुहिएर झरोस्
यो मुटुमा सम्झना छ,चला छुरी त्यो नि मरोस्
जे जति छ मनभित्र,दाईजो भैगो तैँले लैजा
बैरो भैजा,अन्धो भैजा,लङ्गडो र डुँडो भैजा,

खोटो सिक्का भईदियोस,तेरो जीवन लाश सरी
यै ढोकामा फर्की आउलास्,भिक्षा माग्न जोगी सरी
नदेखा तँ,तेरो मुहार,कुनै दिन मलाई फेरि
मर्नु बरू,भेट्नु भन्दा,घाँटी भरी पासो बेरी ।।

शहिद गँगालाल हस्पिटल,२०६६-०७-१९,०३:१५ बजे

गीत : तिमी निहारिका


तिमी मेरी आकाश कुसुम, तिमी निहारिका
अपहत्ते गर्नुपर्ने, मायाँ यो के तरिका !!

बिन्ति थियो छाडी नजाऊ, तिमी गयौ सासै छैन
अहिले नि कामना छ, फर्की आउने आशै छैन
दिलै खोली ला'को मायाँ मेरो लागि व्यर्थ भयो
भगवानको ढोका अघि प्रार्थना के अर्थ भयो,

झिँगा प-यो मलाई त पिरतीको पैलो गाँस
रुखो मायाँ छानी गयौ अपुताली पाउने आश
पाखोबारी बेचे पनि जीवनभरि खुशी हुन्थ्यौ
मेरो केही सुन्या भए आज आई किन रुन्थ्यौ ।।

२०६७-१०-२१,०९:३० बजे

गजल



कति कम्जोर तिम्रो मायाँ ? एक्हप्तामा बताईदिन्छु
पाँच दि न लाउँछु धुन्छु,सातौँ दिन्मा फटाईदिन्छु,

पहिलो दिन्मा चिनाजानी, दोश्रो दिन भेट्घाट होला
पा'को खान्छु,भा'को ख्वाउँछु,खाना खर्च घटाईदिन्छु,

मलाई भेटी फर्कीएर कहाँ पुग्छौ अरु भेट्न
अघि पछि चियो गर्ने,मेरा मानिस खटाईदिन्छु,

मलाई भन्छ्यौ मेरो हजुर, कतिलाई भन्यौ यसै
समाजलाई देखाएको, तिम्रो पर्दा हटाईदिन्छु

बोलाएर ल्याउँछ्यौ हौली, तिम्रा मुन्द्रे दाजुभाई
मैले पनि बक्सर राखी ति सबैलाई ठटाईदिन्छु 

गाउँमा ठिक्थ्यो तिम्रो लागि, बन्दोबस्त गरिदिन
घरसम्म तिम्लाई लाने बसको टिकट कटाईदिन्छु ।।।
२०६७-१०-२१,१४:१२ बजे

Thursday, February 3, 2011

गीत : तिमी निहारिका


तिमी मेरी आकाश कुसुम तिमी निहारिका
अपहत्ते पर्ने मायाँको यो के हो तरिका !!

 बिन्ति थियो छाडी नजाऊ तिमी गयौ सासै छैन
अहिले नि कामना छ फर्कने चैँ आशै छैन
दिलै खोली ला'को मायाँ मेरो लागि व्यर्थ भयो
भगवानको ढोका अघि प्रार्थना के अर्थ भयो,

झिँगा प-यो मलाई त पिरतीको पैलो गाँस
रुखो मायाँ छानी गयौ अपुताली पाउने आश
पाखोबारी बेचे पनि जीवनभरि खुशी हुन्थ्यौ
मेरो केही सुन्या भए आज आई किन रुन्थ्यौ ।।
२०६७-१०-२१,०९:३० बजे

Tuesday, February 1, 2011

गजल


बिरालोले बाटो काट्यो साईतमा हिन्ने बेला
कस्को आँखा लाग्यो !कुन्नी मेरो छिन्ने बेला,

घटिया त्यो लुगा औँठी किन्यौ भनी दोष लायौ
तिम्लाई त बोलाकै हो बिहे अघि किन्ने बेला,

तिम्रो कुरा सुनेदेखि मन कहाँ स्थिर थियो
रतन्धोले छोपेछ कि कुरा चलाई चिन्ने बेला,

यै कुरोले मन जल्यो नानाथरि सोच्दासोच्दै
हातै पिसिएछ सेललाई पिठो पिन्ने बेला

यस्तै यस्तै व्यवहार गरी हिड्छौ आजभोली
तिम्लाई कस्ले छुन सक्छ मातिई नचिन्ने बेला ।।

२०६७-१०-१८,१९:५२ बजे