Tuesday, December 14, 2010

कती हुन्छ नेपाल बन्द

 नेपाली हुँ नेपाली भै मलाई पनि बाँच्न देऊ
दुई चार मुठी अन्न पात भोलीलाई साँच्न देऊ
कसलाई के थाहा के सुरमा भोली यहाँ बन्द हुन्छ
धेरै रोएँ अब मलाई दुई चार दिनलाई हाँस्न देऊ,

अनिकालमा के बच्चा के बुढो पनि यसै रुन्छ
आज मेरो भिडमभिड छ भोली के थाहा मन्द हुन्छ
बन्द हुन्छ एउटा आशमा कती आशा मर्छन यहाँ
एक अर्कामा रुवाइरहँदा कुन छिमेकीले आई सुन्छ,  

ठेला गाडा चलाएर खानु पर्ने कहाँ जान्छ
आम्दानी क्यै हुन्न उसको दिन रात के ले खान्छ
अड्डा जाने अड्डा छोडि तास खेल्न बस्छन होला
दुरदेखि पियन दाजु पैदल हिडि कुर्न जान्छ,
 
स्कुलका बस अनी एम्बुलेन्स नि फुट्छन यहाँ
यस्तो जात्रा यही देशमा नभएर हुनु कहाँ
माग्नेहरु थुप्रै भए दिन सक्ने सुकी सके
स्कुल कलेज आर्मी ब्यारेक बन्नु पर्छ भन्छन जहाँ,
 
सुत्केरीको नाउँ पारी घाममा तेल घस्छन कहाँ
लोग्ने स्वास्नि झगडामा टायर बाली बस्छन जहाँ
बन्द हुन्छ एउटा आशमा कती आशा मर्छन यहाँ
बनिबनाउ शहरलाई भत्काउने गर्छन् जहाँ ।।।
 
    
दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-२९,००:48 बजे





 

मैले गोली पड्काइदिएँ

जसो तसो कुरी रा'थ्यो दरबारको ढोका मलाई
मेरो बाऊको दिन बिग्र्याथो मैले गोली पड्काइदिएँ

मेरो बाउलाई गाली गरे सहन सक्ने कुरै थिएन
लैजाउ बरु थुन मलाई मैले गोली पड्काइदिएँ

असन्तुष्टी बड्दै थियो बोलाई बोलाई मान्थे मलाई
सके खोरमा थुन मलाई मैले गोली पड्काइदिएँ

मेरो गती बड्दै थियो ढिलो तिम्रो काम गराई
पुलिस लगाई घिच्याऊ मलाई मैले गोली पड्काइदिएँ

नेपालीले गाली गरे त्यो नि सह्ये थियो मलाई
हतकडिले बाँध मलाई मैले गोली पड्काइदिएँ

बिदेशीले नेपालकै इज्जत लुट्या सुनाए मलाई
बहाना यो मात्र थियो मैले गोली पड्काइदिएँ

धर्मपत्नी समाजसेवा गरी गरी झारी मलाई
उग्र थियो दिमाग मेरो मैले गोली पड्काइदिएँ ।।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-२८,१६:३० बजे