Friday, November 26, 2010

कस्तो चाल

ह्रिष्ट पुष्ट देख्या थिएं खुशी देख्थें तिम्रो जोडी
राम्रै लाथ्यौ सुनको औठी अगेनोमा गाल्यौ किन

लस्कर त्यो गाडी तिम्रा नोकर चाकर सबै छोडि
पाउने छैनौ जान्दा जान्दै लाख बत्ती बाल्यौ किन


सिधै गए सफल थियौ अन्तै गयौ जीवन मोडी
एक जोकरले बाजी थियो जोकर थुती फाल्यौ किन

नजानुथ्यो अन्त कतै पवित्र त्यो नाता तोडी
भुमरीमा नजानुथ्यो जानेरै फाल हाल्यौ किन

बस्नु पर्‍यो घाट छेउ यो जाडोमा घैला फोडी
सबैलाई रुवाउने त्यो अद्रिश्य छल चाल्यौ किन

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०८-११,१२:१६ बजे

तिमी नहुँदा

दुई दिन मात्र के भएथ्यो सङ्सर्ग तिम्रो नपाएको 
उन्माद यी यौबनका के बिधी मभित्र छाएको 
भविष्य देखाउने यी हातका रेखाहरु मेटाउदै 
उन्माद मेटाउने उच्चतम गन्तब्य मभित्र भेटाउदै

सोचेर सम्झेर बितेका रँगिला साँझहरु मनमा
शरीरका कोष कोषमा सन्चयन उमंग तनमा 
फुल भन्यौ तिमीले फुललाई मैले नै फुल्नेलाई फुलाएँ 
भुल भन्न मात्र के खोज्याथ्यौ सतर्क भएर डुलाएँ 

कालो र निलो बादल झरी त्यो साउन बिर्साउने
भविष्य डोर्याउने सम्झेर क्षण क्षणमा मलाई नै तर्साउने 
गुलाफी मेरा यी मुहार बनाएँ रक्ताम्य क्षणभरमा
 पचाउन नसकी रहेका बिषवमन बाहिर जमिनमा

तिम्रो त्यो कोमल शरीर पाउन यसलाई ढुकाएँ 
गोप्यता भँग हुने त्रासमा अन्ध्यारो कुनामा लुकाएँ 
ढल्दै गयो आशा सोचेका क्षीण क्षीण यो बन्दै गयो 
जोशले सम्हाल्न नसकी आँफैले आँफैलाई सुकाएँ ।।।।

दुम्ब:मार्ग,सामाखुशी २०६७-०८-०९,०८:५९ बजे