Tuesday, March 1, 2011

गजल – ४८




कसो गरी हिड्यौ तिमी ?हिड्दा हिड्दै लड्यौ तिमी
देखे पनि नदेखे झैँ, सरासरै बढ्यौ तिमी,

तिम्रै पछि हिड्दै थिएँ,धेरै पछि देख्या थिएँ
फर्की हेर्यौ आँखा जुध्यो,तेर्सो सिँढी चढ्यौ तिमी,

आत्तिएर दौडी रा'थ्यौ,सँगै तिम्रो कोही थियो
नदेखेर बाटो छेउ ,भा'को ढलमा गढ्यौ तिमी,

मैले दौडी हतारमा, उठाउन आई रा'थेँ
गल्ति भा'थ्यो तिमीबाट,डराएरै डढ्यौ तिमी

शहरीया ऐश खोज्दै, मन तोडी आयौ तिमी
ढुङ्गालाई ध्यौता भन्दै डिम्बिका भै सढ्यौ तिमी ।।

२०६७-११-१०,०७:४५ बजे

No comments:

Post a Comment